Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनगरमा ढल निकासको व्यवस्था गर्न जनप्रतिनिधि असफल

नगरमा ढल निकासको व्यवस्था गर्न जनप्रतिनिधि असफल


बझाङ । जयपृथ्वी नगरपालिकाले ढल निकासको उपयुक्त व्यवस्था गर्न सकेको छैन । नगरपालिकामा जनप्रतिधि चयन भएर आएपछि उनीहरूले ढल निकासको उचित व्यवस्थापन गर्ने बताएका थिए । तर पाँचवर्षे कार्यकाल सकिन लाग्दा पनि उनीहहरूले ढल निकासीको व्यवस्था गर्न सकेनन् ।

ढल निकासीको राम्रो व्यवस्था नहुँदा नगर सधैजसो दुर्गन्धित हुनेगरेको छ । नगरपालिकाले नगर सफा गर्नको लागि भन्दै होटेल पसलबाट मासिक एक सय रुपैयाँका दरले पैसा असुल्दै आएको छ । नगर सफा गर्ने नाममा पैसा असुले पनि ढल निकास व्यवस्थित नहुँदा सदरमुकाम चैनपुर सफा हुन सकेको छैन । ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा सधैँजसो दुर्गन्धित हुनेगरेको स्थानीय बताउँछन् ।

सिँचाइ कुलो र घर–घरबाट निस्कने ढल सडकमा आउँदा मानिसहरूलाई हिँडडुल गर्न समेत सास्ती हुनेगरेको छ । ‘सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भइसक्यो’, स्थानीय भन्छन्, ‘झन् मानतावादी राजा जयपृथ्वी सिंहको नाममा नगरपालिकाको नामाकरण गरिएको छ ।’ बाग्लो बस्ती भएकाले जताततै फोहोरै फोहोर छ तर नगरपालिकाले फोहोर उठाउन कुनै चासो देखाएको छैन । लोकतान्त्रिक चोक, प्रशाशन चोक, सुर्मादेवी मन्दिर, चौगाउँ टोललगायतका ठाउँमा फोहोरको थुप्रो लाग्नेगरेको छ । पानीका पाइप लाइन, सिँचाइको कुलो तथा ढल निकासको लागि बनाएको नाला ठेकेदारहरूले तोकिएको मापदण्ड पूरा नगरेका कारण फोहोर अड्किने गरेकोले यस्तो अवस्था सिर्जना भएको नगरवासीको भनाइ छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x