डुअल स्क्रिन ल्यापटपहरु नेपाली बजारमा
काठमाडौं, माघ २८
असुसले आफ्नो बहुप्रतीक्षित ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स५८१) र जेनबुक डुओ (यूएक्स४८१) नेपाली बजारमा लन्च गरेको छ । दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुवै ल्यापटपहरुमा नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ । नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु, र मल्टिटास्किङ व्यवसायीहरुको पूर्णताका साथ शिल्प गरिएको असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उत्पादकत्व उजागर गर्न र अधिक क्षमताहरु हासिल गर्न अनुमति प्रदान गर्दछ ।
साथै कम्पनीले नयाँ स्क्रिनप्याड २.० को पनि लन्च गरेको छ । कम्पनीले नयाँ सार्वजानिक गरेको जेनबुक प्रो डुओ र जेनबुक डुओमा ल्यापटपहरुका लागि बनाउनुपर्ने नयाँ कारणहरु प्रस्तुत गरेको छ । यी दुवै ल्यापटपहरु इनपुटका लागि किबोर्ड र सेकेण्डरी टचस्क्रिनसहित रहेका छन् ।
कार्यक्षमतालाई उत्कृष्ट बनाउन जेनबुक प्रो डुओमा फुल वाइड ४के आसुस स्क्रिनप्याड प्लस रहेको छ जसले विना कुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी डिस्प्लेका साथ कार्य गर्दछ । यसैगरी जेनबुक डुओमा भने फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रिनप्याड प्लस राखिएको छ जसले मुख्य १०८०पिक्सेल फूलएचडी एलसीडी डिस्प्लेसँग विना कुनै अवरोध कार्य गर्दछ ।
कम्पनीका अनुसार यसमा भएको बिल्ट इन एप्सले उत्पादकत्वलाई प्रोत्साहन गर्दछ । क्वीक कीले जटिल किबोर्ड सिक्वेन्सहरुलाई एकै ट्यापमा सहज बनाउँछ, र हेन्डराईटिंगले टेक्स्टमा रुपान्तरण गर्न सहयोग गर्दछ । यहाँ एप स्विचर, भ्यूम्याक्स र टास्क स्वापजस्ता अन्य केही उपयोगी क्विक कन्ट्रोलहरु पनि छन्, जसले असुस जेनबुक प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लसको बीचमा अन्तर्क्रिया गर्न सहयोग गर्दछ । टास्क ग्रुपले एउटै टचका साथमा विभिन्न टास्कहरु गर्न वर्क मोड उपलब्ध गराउँछ ।
कम्पनीले स्क्रिनप्याड २.० का साथमा विश्वकै सबैभन्दा कम्प्याक्ट सिरिज जेनबुक १३(यूएक्स३३४),जेनबुक १४ (यूएक्स४३४),जेनबुक १५ (यूएक्स५३४) पनि बजारमा ल्याएको छ । टेन्थ जेनेरेशनको (यूएसक्स ३३४) माइक्रोसफ्ट अफिस एच एण्ड एसका साथमा आउँछ जसले उच्च कार्यदक्षता प्रदर्शन गर्दछ । जेनबुक १३ मा ८ औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफिक्स, १६जीबी र्याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेको छ ।
नयाँ असुस जेनबुक १४(यूएक्स४३४) र जेनबुक १५(यूएस५३४)ले भने नयाँ समयको पातलो, हलुका र कम्प्याक्ट ल्यापटपहरुको प्रतिबिम्ब झल्काउँछ । जसमा चारै कुनामा फ्रेमलेस ननोएज डिस्प्ले छ जसले अल्ट्रास्लिम बेजेल्स प्रदान गर्दछ । यसले गर्दा स्क्रीन टू बडि रेसियो ९५ प्रतिशतसम्म रहेको छ र करिब करिब यो बोर्डररहित भ्यूइङ्ग अनुभव दिन्छ ।
कम्पनीको पछिल्लो सिरिजहरुमा सबैभन्दा नयाँ १० औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स जीटिएक्स १६५० म्याक्स क्यू ग्राफीक्स(जेनबुक १५) अथवा जीफोर्स एमएक्स२५०(जेनबुक १३ र १४) १६ जीबी -याम, अल्ट्रा फास्ट १ टिबीको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेको छ । यी सबै नयाँ जेनबुक मोडलहरु मिलिटरी ग्रेड स्ट्याण्डर्डको कायम गर्न कडा परीक्षण गरिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया