खल्तीबाट निःशुल्क बैंक ट्रान्सफर
काठमाडौं । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताहरुले निशुःल्क रुपमा खल्तीमार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्नेछन् ।
कम्पनीका अनुसार यो अफर प्रयोगकर्ताहरुका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो बनाउन गरिएको खल्तीको प्रयासको एक हिस्सा हो । खल्तीको प्रतिकारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रतिदिन एक लाख रुपैयाँ रहेको छ । प्रयोगकर्ताहरुले सजिलैसँग यो रकम कुनै पनि बैंकहरुमा ट्रान्सफर गर्न सक्नेछन् । यो अफर सोमबारदेखि लागू भई आगामी वैशाख ६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरुको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको बताए । ‘खल्ती’ले नेपालको फिटनेक उद्योगमा आफूलाई युवा प्रचलित र नवीन ब्रान्डको रुपमा स्थापित गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया