Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुवाहरूलाई सीप सिकाउँदै, उद्यमी बढाउँदै

युवाहरूलाई सीप सिकाउँदै, उद्यमी बढाउँदै


दैलेख । दैलेखको आठबिस नगरपालिकाले युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गरेको नयाँ उद्यमी सिर्जना गर्ने कार्यलाई निरन्तरता दिएको छ । युवाहरूलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले पालिकाले चालू आर्थिक वर्षमा ८८ जना युवाहरूलाई छोटो तथा लामो अवधिका सीपमूलक तालिम प्रदान गरेको छ ।

‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ अन्तर्गत उक्त युवाहरूलाई सीपमुलक तालिम दिएको नगरपालिकाका उद्योग तथा व्यवसाय प्रवर्द्धन उपशाखा प्रमुख दिनेश बिकले जानकारी दिए । विपन्न, दलित, जनजाति, अपाङ्गलगायतलाई छनोट गरी विभिन्न सीपमूलक तालिम प्रदान गरिएको हो । पालिकाले ८५ जना नयाँ उद्यमी सिर्जना गर्ने लक्ष्य राखेको भए पनि उक्त सङ्ख्यालाई बढाएको विकले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत पालिकाको वडा नम्बर १ देखि ४ सम्म र ७ नम्बरका ५१ जनालाई सातदिने दालमोट उत्पादनसम्बन्धी तालिम प्रदान गरी आवश्यक औजारहरू समेत हस्तान्तरण गरिएको उनको भनाइ छ । यस्तै वडा नम्बर २ का १० जनालाई चाउमिन उद्योग, वडा नम्बर ३ का सात जना युवाहरूलाई एकमहिने (एडभान्स) कोट–पाइन्ट सिलाइकटाइ तालिम वडा नम्बर ४ का १० जनालाई तीनमहिने ढाकाको कपडा बुनाइ तालिम र वडा नम्बर ७ का १० जनालाई हाते होजियारी तालिमसहित उद्यम सञ्चालनका लागि आवश्यक प्रविधि तथा औजार समेत प्रदान गरिएको छ ।

पालिकाले गत आवमा ५० जना युवाहरूलाई तालिम प्रदान गरेको थियो । उनीहरूलाई चालू आवमा पनि स्तरोन्नतिमा सघाउ पु¥याउनका लागि छोटो अवधिका तालिम सञ्चालन गरी आवश्यक प्रविधि हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । जसअन्तर्गत १० जनालाई सिलाइकटाइ तालिम, ११ जनालाई तरकारीखेती तालिम, १० जनालाई कुखुरा वितरण, १५ जनालाई सिलाइकटाइ मेसिन तथा चार जनालाई चाउमिन उत्पादन गर्ने औजारहरू उपलब्ध गराउने तयारी भइरहेको पालिकाले जनाएको छ । तालिम लिएका युवाहरू हाल विभिन्न व्यवसायमा सक्रिय भई आय–आर्जनमा समेत जुटिरहेका छन् । उनीहरूले उत्पादन गरेका वस्तुलाई बिक्रीवितरणका लागि पालिकाले बजारीकरणमा पनि सहयोग गरिरहेको छ ।

यस्तै निकट भविष्यमै उद्यमीहरूको प्रोत्साहनका लागि उत्पादित वस्तुहरूलाई उद्यमी मेलाको आयोजनामार्फत प्रदर्शन गर्ने, नयाँ उद्यमीहरूलाई आवश्यक सहुलियत ऋण उपलब्ध गराउन पालिकामा रहेका वित्तीय बैकहरूसँग सहकार्य तथा अन्तरक्रिया गर्नेलगायतका तयारीहरू पनि गरिरहेका पालिकाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x