Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई र मिदासबीच सहकार्य

आईएमई र मिदासबीच सहकार्य


काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवद्र्धित आईएमई र मिदास एजुकेसन प्रालिले सेवामा सहकार्य गरेका छन् । दुई कम्पनीको सहकार्यमा ई–लर्निङ प्रवर्द्धन अभियान सुरु गरेको हो । सो अभियान मंगलबारदेखि सुरु भएर आगामी वैशाख ३१ सम्म जम्मा ५४ दिनको लागि लागू गरिएको कम्पनीहरुले बताएका छन् ।

यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आईएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंक क्लिक गरी मिदास इक्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् ।

एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निःशुल्क पढ्न पाउनेछन् । सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् ।

तर ई–क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । मिदास इक्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको बताइएको छ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x