ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पाँच जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं जडिबुटी बस्नेहरु रामेछाप मन्थली नगरपालिका–१३ घर भएका १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भएका २७ वर्षीय संजिव मोक्तान, दोलखा नाम्दु गाउँपालिका–६ घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ ठेगाना भएका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे गाउँपालिका–९ ठेगाना भएका २३ वर्षीय प्रविण नेपाल रहेका छन् ।
काठमाडौं शंखमुलमा ८÷९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी विषयलाई लिएर ती पुरुषलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई फरार भएको घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनीहरुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया