Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकास्की जिल्ला अदालतभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने व्यक्ति पक्राउ

कास्की जिल्ला अदालतभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने व्यक्ति पक्राउ


कास्की । कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेको अभियोगमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–६ बैदामस्थित उक्त अदालतमा बुधबार राति प्रवेश गरी १ नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडिएको अवस्थामा रहेको घटनामा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले पक्राउ गरेको हो । निज विगतमा समेत विभिन्न मुद्दामा संलग्न रहेको र लागूऔषध कसूरमा कारागारबाट गत फागुन २३ गते थुनामुक्त भएको अनुसन्धानबाट खुल्न आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x