Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखल्तीमा पहिलोपटक बैंक लिंक गरेमा सय रुपैयाँ बोनस

खल्तीमा पहिलोपटक बैंक लिंक गरेमा सय रुपैयाँ बोनस


काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलोपटक बैंक लिंक गरेमा एक सय रुपैयाँ बोनस पाउने अफर ल्याएको छ । यो अफर लोड गर्ने झञ्झटबाट मुक्त गरी अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो ।

हाल खल्तीमा लिंक गर्न योग्य २० बैंकहरु योग्य छन् । तसर्थ पहिलोपटक आफ्नो बैंक खाता खल्तीमा लिंक गर्ने प्रयोगकर्ताहरुलाई मात्र बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ । बैंकहरु लिंक गर्न प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ । बुधबारदेखि सुरु भएको यो अफर वैशाख ८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरुले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्डमै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन् । यसबाट सबैले विद्युत्, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरुको झञ्झटमुक्त भुक्तानी गर्न सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x