फोर्स गुर्खा नेपाली बजारमा सार्वजनिक
काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्रीवितरण शुभारम्भ गरेको छ । आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्रीवितरण सुरु गरेको जानकारी दिए । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हो ।
‘ग्राउन्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ । लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।
मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो, जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पांग्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको छ । अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बन्धी गरेको कभरेजमा गुर्खाको डिजाइन, स्टाइल र स्पेस अरुभन्दा उकृष्ट भएको जनाएका थिए ।
पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी तीन लाख किमि वा तीन वर्ष रहेको छ । साथै ग्राहकहरुले चार पटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन् । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधारसहित गुर्खाको अधिकृत बिक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया