नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक
काठमाडौं । इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ लाई नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई बिहीबार चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए ।
आधुनिक स्टायलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र तीन हजार वाट क्षमताको मोटर जडान गरेको छ । जसलाई सात घण्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखि एक सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ८५ किलोमिटर प्रतिघण्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।
यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्बिनेसन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्बरजस्ता फिचर्स दिइएको छ । रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको सुरुवाती मूल्य तीन लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया