नर्भिकमा निःशुल्क ओपीडीदेखि शल्यक्रियासम्म छुट
काठमाडौं । प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले आउँदो शनिबार विशेष सेवा दिने भएको छ । नर्भिक अस्पतालमा अरु बेला दुई घण्टा मात्र निःशुल्क ओपीडी हुने गरेकोमा आउने शनिबार भने चार घण्टा सो सेवा सञ्चालन गर्ने भएको छ ।
उक्त दिन नर्भिकको दुई युरोलोजी टिमले निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. ईशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने जानकारी अस्पतालले दिएको छ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।
यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्युमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । यसैबीच, शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म युरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थिसम्बन्धी सबैखालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ ।
शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया