विकासमा असन्तुलित वृद्धि सिद्धान्तको महत्व – एक चर्चा
काठमाडौं । असन्तुलित वृद्धिको सिद्धान्त सन्तुलित विकास सिद्धान्तको ठीक विपरीत छ । यस सिद्धान्तअनुसार अर्थव्यवस्थाका कुनै खास–खास क्षेत्रको मात्रा विकासका लागि पुुँजी लगानी गर्नुपर्छ । किनभने अन्य विकसित मुलुकहरूमा त्यस्तो पर्याप्त पुुँजी हुँदैन, जुन समानुपातिक रूपले सबै क्षेत्रमा लगानी गर्न सकियोस् । जुन उपलब्ध भएको पुुँजी खास महत्वपूर्ण क्षेत्रमा लगानी गर्नाले त्यसबाट प्राप्त हुने मितव्ययिताका कारणले बिस्तार–बिस्तारै अन्य क्षेत्रको पनि विकास हुन जान्छ ।
यसरी क्रमशः असन्तुलनबाट सन्तुलनको विकासतिर अर्थव्यवस्था गतिशील हुन्छ । असन्तुलित विकास पद्धतिअन्तर्गत अर्थव्यवस्थाका समस्त क्षेत्रहरूको एकसाथ विकास गर्ने प्रयास गरिँदैन बरु केही प्रमुख क्षेत्रहरूको बढी विकास गर्ने प्रयास गरिन्छ र केही क्षेत्रहरूको कम विकास गर्ने प्रयत्न गरिन्छ । असन्तुलित विकासको धारणा यस मान्यतामा आधारित छ कि अल्पविकसित देशहरूसँग प्रायः पुुँजी र अन्य आवश्यक विकाससम्बन्धी साधनहरू पर्याप्त हुँदैन । यस कारणले गर्दा अर्थव्यवस्थाको सबै क्षेत्रहरूमा एकसाथ लगानी गर्न सम्भव हुँदैन ।
असन्तुलित विकासको सिद्धान्तका प्रवर्तक प्रा. हर्षमैन, प्रा. सिंगर हुन् । यस सिद्धान्तलाई समर्थन गर्ने अर्थशास्त्रीहरूमा माक्र्स फलेमिंग, वौर र यामी, प्रा. रुजीन जे ग्रीहान र प्रा. फिन्डले वर्जरको नाम विशेषरूपमा उल्लेखनीय रहन आएका छन् । वर्तमान समयमा अधिकांश अर्थशास्त्रीहरूले सन्तुलित विकासको आलोचना गरी त्यसको सट्टा असन्तुलित विकासको धारणा अघि सारेका छन् । यस धारणाअनुसार निर्धारित स्थितिमा आर्थिक विकासलाई तीव्र पार्न असन्तुलित वृद्धिको उपायले बल पु-याउँछ ।
प्रा. हर्षमैनले असन्तुलित वृद्धि सिद्धान्त प्रतिपादन गरेका छन् । उनी भन्छन्, कुनै पनि विकासशील देशमा आर्थिक वृद्धि ल्याउने श्रेष्ठतम मार्ग पहिला नै बनाइएका रणनीतिअनुसार जानाजानी असन्तुलन ल्याउने कार्य हो । अर्थतन्त्रमा कुशलतापूर्वक छनोट गरिएका उपयोग तथा क्षेत्रहरूमा गरिएका लगानीले नयाँ लगानीका अवसरहरू प्रदान गर्दछन् । परिणामस्वरूप आधिकारिक आर्थिक विकासको मार्ग खुल्दै जान थाल्दछ । प्रो. हर्षमैन दावाका साथ अगाडि भन्छन्, ‘आर्थिक वृद्धि माथि भनिएजस्तै गरी भइरहेको हुन्छ किनभने अर्थतन्त्रको प्रमुख क्षेत्रभन्दा अगाडिका क्षेत्रहरूमा एउटा उपयोगबाट दोस्रो उपयोगमा, एउटा फर्मबाट अर्को फर्ममा वृद्धि सञ्चार भइरहेको हुन्छ ।
विकासले असन्तुलनलाई समाप्त गर्ने नभई जीवित राख्ने कार्य गर्दछ । विकास प्रक्रियाभित्र देखापर्ने लाभ तथा हानिले प्रतिस्पर्धा अर्थतन्त्रलाई क्रियाशील बनाउने कार्य भइरहेको हुन्छ । अतः अर्थतन्त्रलाई अगाडि बढाउँदै लैजाने हो भने आर्थिक विकासको नीति असन्तुलन तथा असमानता कायमै राख्ने प्रकारको हुनुपर्दछ । ऐतिहासिकरूपमा पश्चिमी मुलुकहरूलाई हेर्ने हो भने आर्थिक विकास प्रक्रिया असन्तुलितरूपमा नै अगाडि बढेको पाइन्छ । वास्तवमा सन्तुलित विकास विभिन्न क्षेत्रमा भएको असन्तुलित विकासको सिर्जना र समन्वयको श्रृंखलाबद्ध नतिजा नै हो । विगतमा सन्तुलित विकासको धारणा अज्ञात थियो । विकास प्रक्रिया स्वतन्त्र अर्थव्यवस्थाको बजार र शक्तिमा भर पर्दथ्यो । त्यसैले विगतको विकास र अवनतिका बीच उचनीच हुँदै अगाडि बढेको थियो । योजनाको अभावले विकासकार्य बजार शक्तिमा भर पर्दथ्यो ।
वास्तवमा सन्तुलित विकास विकासको एक प्रक्रिया र अन्तिम लक्ष्य हो तापनि नक्र्सले यसलाई आर्थिक विकासलाई गतिशील बनाउन एक तरिका वा प्रक्रियाको रूपमा लिए । अतः असन्तुलित विकासको धारणाको वकालत गर्ने अर्थशास्त्रीहरू विभिन्न क्षेत्रको असन्तुलित विकासलाई समयबद्ध रूपमा समन्वय गर्दै दीर्घकालमा सन्तुलित गर्ने लक्ष्यका साथ आफ्नो तर्क अघि सारेको देखिन आउँछ ।
प्रो. हर्षमैनका अनुसार विकसित देशको आर्थिक विकास कहिले पनि सन्तुलित विकासको आधारमा भएको छैन । उनका शब्दमा यदि अर्थव्यवस्थालाई अग्रगति प्रदान गर्नुछ भने निकासको गतिलाई तनाव र असामान्य बनाउनुपर्छ । आदर्श स्थिति त्यो हो जब एउटा असामान्य स्थिति विकासको प्रयेत्नलाई प्रेरित गर्दछ । असामान्य पुनः उत्पन्न होस् र यो क्रम यसरी चल्दै रहोस् । अर्थव्यवस्थालाई असन्तुलित गरेर विकास गर्न सकिन्छ र यो तब मात्र सम्भव छ, जब या त सामाजिक अपार व्यय पुुँजीमा विनियोजन गरिन्छ । प्रो. रोष्टोवले असन्तुलित विकासलाई यसरी व्याख्या गरेका छन्, ‘कुनै पनि देशमा आर्थिक विकासको कार्य केही अग्रगामी र आधारभूत क्षेत्रको विकासको प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावमा निर्भर गर्छ । वास्तवमा यी क्षेत्रहरूका उत्पादकत्वमा हुने वृद्धि सम्पूर्ण अर्थव्यवस्थामा गति प्रदान गर्दछ ।’ अतः उनको कथन छ कि प्राविधिक ज्ञान, उत्पादन प्रविधि र सीमान्त उत्पादकत्वको दृष्टिले जुन क्षेत्र अरुको तुलनामा बढी श्रेष्ठ छ, सर्वप्रथम त्यही क्षेत्रमा विनियोजन गर्नुपर्छ ।
हर्षमैनको असन्तुलित वृद्धिको थेसिसले के भन्दछ भने जब नयाँ परियोजनाहरूको अर्थतन्त्रमा थालनी हुन्छ, तब अघिल्ला परियोजनाहरूले बाह्य अर्थतन्त्रहरूको सिर्जना गर्दछ र तिनीहरूले फेरि नयाँ लगानीका लागि अर्को किसिमको बाह्य अर्थतन्त्रको सिर्जना गर्दछ । यस्तो किसिमको अवस्थालाई आफ्नो यस थेसिसमा उनले कन्भरजेन्ट सिरिज अफ इन्भेस्टमेन्ट भनेका छन् । यसरी विकासोन्मुख मुलुकहरूको आर्थिक विकास अर्थतन्त्रलाई असन्तुलित वृद्धिको अवधारणाअनुरूप या त आर्थिक सामाजिक पूर्वाधारहरूको विकासमा लगानी गरेर या सिधै उत्पादनशील औद्योगिक क्षेत्रहरूमा लगानी गरेर गर्न सकिन्छ भन्ने कुरालाई हर्समेनले यो सिद्धान्तमा बताउन पुगेका छन् । हर्षमैनको विचारमा जब नयाँ परियोजनाले आफूले सिर्जना गरेको भन्दा बढी बाह्य मितव्ययिता प्रयोग गर्दछन्, त्यसलाई उनले इन्डुस्ड इन्भेस्टमेन्ट पनि भनेका छन् । जुन परियोजनाले आफूले सिर्जना गर्नेभन्दा कम बाह्य मितव्ययिता उपयोग गर्दछन् ।
शिक्षा, सार्वजनिक, स्वास्थ्य, सञ्चार परिवहन आदि सामाजिक पूर्वाधार पुुँजी हुन् । जसबाट द्वितीयक, तृतीयक, योजनाहरू सञ्चालन हुन्छन् । यसको विकासबाट अरु प्रत्यक्ष उत्पादन क्रिया स्वतः प्रोत्साहित भई विकसित हुन्छ । जस्तैः विषयतः विकासबाट औद्योगिक विकास स्वतः प्रेरित हुन्छ । परिवहन र सञ्चार व्यवस्थाबाट सम्बन्धित अरु क्षेत्रमा विकासको प्रेरणा हुन्छ । कृषि क्षेत्रको विकासले उपयोगलाई प्रोत्साहन दिन्छ । यदि प्रारम्भमा एसओसीमा लगानी गरिएमा यसको उत्पादन बढी हुन्छ । यसबाट यी सेवाहरूको मूल्य घट्दछ र यिनिहरूको प्रयोगको लागत पनि घट्दछ । यसले नाफाको आशाबाट डीपीएसमा लगानीलाई प्रोत्साहित गर्छ । यसरी एसओसीको लगानीले डीपीएलाई आउन आमन्त्रित गर्दछ । यसले अर्थव्यवस्थालाई असन्तुलित बनाउने गर्दछ ।
डीपीएको माध्यमबाट उत्पन्न असन्तुलनको प्रेरणामा पनि अन्य क्षेत्रको विकास हुन्छ । डीपीएको विकासले गर्दा तुरुन्तै एसओसीमा विकास गर्न सरकार बाध्य हुन्छ । डीएपी भनेको प्रत्यक्ष प्रयोग हुने लुगा, जुता रेडियो, घडीजस्ता वस्तुहरूको उत्पादन गर्नु हो । यदि प्रारम्भिक लगानी डीएपी मा गरिएमा यसले एसओसी उत्पादनको अभावको सामना गर्नु पर्दछ । यसबाट उत्पादन लागत बढ्छ । केही समयपछि राजनीतिक दलको कारणले एसओसीमा लगानी बढ्न जान्छ र असन्तुलन बढ्छ । फाइदाको लागि गरिने लगानी एसओसीबाट डीपीएतर्फ जान्छ भने राजनीतिक दबाबमा गरिने लगानी डीपीएबाट एसओसीतिर जान्छ । यसरी असन्तुलनको श्रृंखला तथा प्रतिक्रियाबाट जुन क्रियाकलाप सञ्चालन हुन्छ । फलस्वरूप अर्थव्यवस्था विकासको बाटोमा अग्रसर हुन्छ । हर्षमेनले एसओसीबाट हुने विकासको प्रक्रियालाई एसओसीको बढी क्षमताबाट विकास र डीपीएबाट हुने विकासको प्रक्रियालाई एसओसीको न्यूनताबाट विकास भनेका छन् ।
कुनै उद्योग खोल्दा त्यसको प्रेरणामा अरु उद्योग खोलिने सम्भावना भएमा फर्वाड र त्यसको ठीक विपरीत अर्थात् पछि नखुल्ने प्रचलित मात्रै प्रेरित भई बढ्ने अवसरलाई ब्याकराउन्ड भफोर्ट भनिन्छ । त्यस्तै पछि बाह्य अर्थव्यवस्थाको उपभोग गर्छ भने कन्भर्सेन्ट र यदि बाह्य अर्थव्यवस्था तयार पार्छ भने डिभर्जेन्ट इकोनोमी भनिन्छ । यसरी हेर्दा एसओसीबाट फर्वाड लिंकेज र डीपीएबाट ब्याकवार्ड सmंकेज तयार हुन्छ । हर्षमैनद्वारा प्रतिपादित यो सिद्धान्त अविकसित मुलुकका लागि निश्चय नै आर्थिक विकासका लागि सफल प्रयेत्न हो ।
यस सिद्धान्तबाट आर्थिक विकासका लागि लगभग सबै पक्षको व्याख्या गर्न सकिएको छ । हर्षमेनको विचारधारा अनुसार यी दुई विकल्पमध्ये त्यसलाई अँगाल्नुपर्दछ, जुन पद्धतिमा अर्थव्यवस्था बढी आफैमा गतिशील हुने गर्दछ । प्रो. हर्षमेन ले असन्तुलित विकसको युक्तमा राज्यको प्रमुख दुई कार्य बनाएका छन्–आर्थिक विकास प्रारम्भ गर्नका लागि राज्यले अग्रगामी क्रियाहरूको व्यवस्था गर्नुपर्दछ । यसका लागि राज्यले समाजलाई प्रोत्साहन गर्नुपर्दछ र आवश्यकता परेको बेला दबाब पनि दिनुपर्छ । देशका विभिन्न क्षेत्रहरूमा व्यक्त दबाबलाई कम गर्नका लागि राज्यले सकभर प्रयास पनि गर्नुपर्छ । राज्यको यी दुवै कार्यहरूको सम्बन्धमा प्रो. हर्षमेनको कथन छ कि अधिकांश अर्थशास्त्रीहरू राज्यको प्रथम कार्यलाई नै श्रेष्ठ मानेका छन्, तर राज्यको अर्को कार्य देशका विभिन्न क्षेत्रहरूमा भएको दबाबलाई निवारण गर्ने कार्य बढी प्रभावकारी कार्य हो ।
असन्तुलित विकास सिद्धान्तको प्रमुख लक्षण अथवा विशेषताहरू निम्न प्रकारका छन्–असन्तुलित वर्धनमा असन्तुलनको एक शाखाले विकासलाई प्रोत्साहित गर्दछ । फेरि नयाँ असन्तुलनको सिर्जना हुन्छ, जसले देशको अरु आर्थिक विकासमा मद्दत पु-याउँछ । यो प्रक्रिया निरन्तर जारी रहन्छ, जुन देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दछ । असन्तुलित विकासमा एक क्षेत्रमा अत्यधिक लगानीले दोस्रो अरु क्षेत्रका उद्योगहरूमा दबाब पर्दछ, जुन त्यसको स्वतः विकास हुन जान्छ । अर्थात् यो दबाब आर्थिक विकासलाई प्रोत्साहित गर्दछ । यसरी यो सिद्धान्त प्रोत्साहन र दबाबमा आधारित छ । असन्तुलित विकासको धारणामा ठूलो धक्का सिद्धान्तलाई प्रहण गर्दछ ।
असन्तुलित वर्धन वा विकासको धारणा पुुँजीवादी प्रणालीमा आधारित छ । विभिन्न उद्योगहरूको विकास लाभ भावनाबाट प्रेरित हुन्छ । यस दृष्टिबाट हेर्दा असन्तुलित विकास पद्धतिमा निजी उपक्रमको प्रधानता हुन्छ । यस सिद्धान्तमा सन्तुलन विकासभन्दा परिपक्वतामा बढी ध्यान केन्द्रित गरेको छ । असन्तुलित विकास प्रक्रिया विभिन्न प्रकारको असन्तुलनको एक कडी हो । अर्थव्यवस्थामा असन्तुलनको एक कडी तुरुन्तै अर्को नवीन कडी उत्पन्न गर्छ । विकासको यस पद्धतिमा विनियोजन सधैँ केही विशेष क्षेत्रमा गरिन्छ र यस सिद्धान्तको विकास प्रक्रियामा सामाजिक उपरिव्यय पुुँजीको विशेष महत्व छ । असन्तुलित विकासको सिद्धान्त प्रोत्साहन र दबाबको धारणामाथि आधारित छ र यो असन्तुलन विकास प्रक्रियामा आधारभूत संरचना र सुविधाहरूको एसओसी महत्वपूर्ण स्थान रहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया