Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतीय ब्राण्ड ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

भारतीय ब्राण्ड ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा


काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडीसीका उत्पादनहरु नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित शोरुममा उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारीसाधनको प्रयोग गर्न सबैलाई आग्रह गरे ।

विद्युतीय सवारीसाधन प्रयोगमा ढिलाइ गर्न नहुने भन्दै उनले विद्युतीय सवारीसाधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था गर्न लागिएको बताए । नेपालका लागि ब्राण्ड ई गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्रीवितरण सुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ । भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडीसीका संस्थापक करनाकर रेड्डीले बताए । नेपालका लागि ब्राण्ड ई गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि ब्राण्ड ई गो अटोमोटिभको ब्राण्डमा आधिकारिक शोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

यो शोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडलहरुको बिक्रीवितरण हुने ब्राण्ड ई गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए । ब्राण्ड ई गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँबराबरको विद्युतले ८० किलोमिटर गुड्नसक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए । यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् ।

फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । कम्पनीका उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबैखाले उपभोक्ताको रोजाइमा आफुहरुकै उत्पादनहरु पर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x