Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधुलिखेलमा बाइक रेसिङ प्रतियोगिता

धुलिखेलमा बाइक रेसिङ प्रतियोगिता


काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेलपश्चात् सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बनेका छन् । यस्तै सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भीम होनाले क्रमशः दोस्रो र तेस्रो भए । १५० सीस अन्तर्गत १५० देखि १८० सीसीसम्म र २५० सीसीअन्तर्गत २०० देखि २२० सीसीसम्मका बाइक राइडर सहभागी थिए । १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएको स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले जानकारी दिए । विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकार, आशिष लामिछाने, सन्तोष न्यौपाने र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।

सो प्रतियोगिताको सह–प्रायोजक कवच राइडिङ गियर रहेको थियो भने अफिसियल पार्टनर डर्ट टेम्पल रहेको थियो । त्यसैगरी लुब्रिकेन्ट पार्टनर भिडोल लुब्रिकेन्ट, टेक्निकल पार्टनर द इन्जिन्स, पर्फमेन्स हाउस र मोटो टेक नेपाल रहेका थिए । मेडिकल पार्टनर धुलिखेल हस्पिटल र नेपाल रेडक्रस सोसाइटी थिए । बेनेली बाइक, इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालि, हेल्मेट र विभिन्न पार्ट्स आयातकर्ता पौडेल इन्टरप्राइजेज र जेनिस पेन्ट्सको समेत सहयोग रहेको थियो । यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पु-याउने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x