तलबसहितको बिदा योजना कता गयो ?
काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिमताका छिमेकी देश चीनको दक्षिण पूर्वी राज्य हुपेइको राजधानी वुहान सहरबाट फैलिन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’/‘कोभिड १९’ महामारीका कारण धराशायी बनेको नेपाली पर्यटनलाई आन्तरिक पर्यटनले थोरै भए पनि टेवा दिने उद्देश्यले लिएर नेपाल सरकारले नेपाल सरकारका ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्धि गर्ने भनी व्यवस्था गरेका लगभग एक वर्ष पुग्नै आँटेको छ । तर, हालसम्म पनि सो सम्बन्धमा कार्यविधि नै स्वीकृत हुन सकेको छैन । तर, अहिलेसम्म सो कार्य योजनाका सम्बन्धमा बनेको कार्यविधि स्वीकृत नभएको हो, अड्केर बसेको हो ? कसैले भन्न सकेका छैनन् । जबकि यो वर्ष (२०७८०७९) को आर्थिक वर्ष सकिनै आँटेको अवस्था छ ।
यता ‘नोभेल कोरोनाभाइरस’ पूरै हराएर जाने अथवा कम हुनुको सट्टा आफ्नो रूप परिवर्तन गर्दै स्थायी प्रकारले (एचआईभी एडसजस्तै) रहीरहने देखिन्छ । साथै हालसम्म यसको स्थायी उपचारविधि र औषधि पनि पत्ता लागेको छैन । के भनिन्छ भने, अब यो भाइरस एचआईभी एड्सजस्तै दीर्घकालसम्म रहिरहनेछ । यो भनाइ भाइरल रोग विज्ञ/विषय विज्ञहरूको हो । यसरी हेर्दा विगत दुई वर्षभन्दा बढी समयदेखि ‘नोभेल कोरोनाभाइरस’को माहामारीका कारण विश्वभरि नै अन्य उद्योग–व्यवसयासजस्तै पर्यटन उद्योग र पर्यटकीय गतिविधि पनि लगभग ठप्प भएको अवस्था छ । त्यसैले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न र चलायमान बनाउन भनी नेपाल सरकारले नेपाल सरकारका ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्धि गर्ने भनी नीतिगत निर्णय लिएको हो ।
तर, तत्कालीन सरकारले गरेको ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने सो नीति व्यवस्था किन अहिलेसम्म व्यवहारमा लागू हुन सकेन ? प्रश्न अनुत्तरित छ । हुन पनि नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि नेपाल सरकारका निजामती कर्मचारीहरू मात्रै नभएर नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, संस्थान, निगम, सरकारी विद्यालय, निजी बिदालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक वा प्रोफेसर, इन्स्टच्युटका प्रशिक्षक, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजीओ, लोकल एनजीओ, निजी कम्पनी, उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्ने सबै कर्मचारीलाई समेटेर नेपालको आन्तरिक पर्यटनलाई बृहत् ढंगले योगदान गर्न प्रोत्साहन गर्ने नीति सरकारले ल्याउनुपर्ने देखिन्छ ।
हुन त पर्यटनकै कुरो गर्दा संयुक्त राष्ट्र संघको मातहतमा रहेको ‘वर्ल्ड टुरिज्म अर्गनाइजेसन अर्थात् छोटकरीमा डब्लूटीओ’ भनिने संस्थाले विश्व पर्यटनसम्बन्धी पछिल्लो प्रतिवेदनमा सार्वजनिक गरेअनुसार ‘सन् २०२० को पहिलो तीन महिनाको तुलनामा सन् २०२१ को पहिलो तीन महिना जनवरी, फेब्रुअरी र मार्च महिनामा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ७३ प्रतिशतले कमी आएको थियो । सो प्रतिवेदनअनुसार सन् २०२१ मा सबैभन्दा धेरै असर एसिया प्रशान्त (एसिया प्यासिफिक) क्षेत्रमा परेको थियो । सन् २०२१ को पहिलो तीन महिनाको जनवरी, फेब्रुअरी र मार्च महिनामा एसिया प्रशान्त क्षेत्रमा भ्रमण गर्ने पर्यटककको संख्या सन् २०२० को पहिलो तीन महिनाको तुलनामा ९४ प्रतिशतले कमी रहेको थियो । त्यस्तै डब्लूटीओको सो प्रतिवेदनअनुसार सन् २०२१ प्हिलो तीन महिनामा एसिया प्रशान्त क्षेत्रपछि युरोपमा ८३ प्रतिशतले पर्यटकको कमी आएको थियो । त्यस्तै सन् २०२१ को पहिलो तीन महिनामा अफ्रिका महदेशमा ८१ प्रतिशतले पर्यटकको कमी आएको थियो भने सन् २०२१ के पहिलो तीन महिनामा मध्य–पूर्व क्षेत्रमा ७८ प्रतिशतले र उत्तर अमेरिका महादेशमा सबैभन्दा कम अर्थात् ७१ प्रतिशत पर्यटकले भ्रमण गरेका थिए ।
विश्वका प्रायः सबै देशमा बाह्य पर्यटन यस्तो धरमरको स्थिति रहेको भए पनि चीन, रुस, अष्ट्रिया, अमेरिका ब्राजिल, भियतनाम, मलेसिया, जापान, दक्षिण कोरिया, मकाउ, जर्मनी, फ्रान्स, पोर्चुगल, न्युजिल्यान्ड, बेल्जियम, चेक गणतन्त्र, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की, बेलारुस, युक्रेन, फिनल्यान्ड, डेनमार्क, नर्बे, मालिदभ्स्, साइप्रस, ओमान, बहराइन, थाइल्यान्ड, इटली, हङकङ आदि देशका सरकारले भने आफ्ना देशका नागरिकहरूलाई आफ्ने देशमा आन्तरिक पर्यटकको रूपमा भ्रमण गर्न प्रोत्साहन गरेका थिए । यसरी ती देशहरूले आन्तरिक पर्यटनलाई अझ बढी महत्व दिएर आफ्नै देशभित्रको पर्यटकीय महत्व र प्राकृतिक महत्वका विशेष ठाउँहरू जस्तैः ऐतिहासिक महत्वका ठाउँहरू, सांस्कृतिक महत्वका स्थानहरू, डाँडो, किल्ला (फोर्ट), अनेक सम्पदा रहेका ठाउँहरू, प्राचीन महत्व बोकेका स्थल तथा स्मारक लगायतमा घुमफिर गर्न प्रोत्साहन गरेर आन्तरिक पर्यटनलाई सकेसम्म चलायमान बनाएका छन् । यस्तो खालको आन्तरिक पर्यटन/भ्रमण कार्यले केही हदसम्म भए पनि ती देशको आर्थिक गतिविधि चलायमान हुनमा सहयोग पुगेको भनाइ रहेको छ पर्यटन सम्बन्धमा विज्ञता हासिल गरेका विज्ञहरूको ।
हाम्रो देश नेपाल पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण देश हो । तर, यसका महत्व नबुझ्ने केही ‘पटमुर्खहरूले भने धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक आदि विविधताको कुरो ग-यो वा लेख्यो कि, एकतर्फी ढंगले साम्प्रदायिक भन्ने/लेख्ने गरेको देखिन्छ । जुन सरासर गलत बुझाइ र लेखाइ हो ।
जे होस्, नेपाल केवल धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण मात्रै नभएर वन्य–जन्तु अवलोकन, चरा पर्यटन, हिमाल आरोहण, पदयात्रा, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाइडिङ, बञ्जी जम्पिङ, जिप फ्लायर, -याफ्टिङ, कायाकिङ, साइक्लिङलगायत अन्य साहसिक पर्यटकीय गतिविधिका लागि पनि प्रचुर सम्भावना भएको देश हो । त्यस्तै ऐतिहासिक महत्वका ठाउँहरू जस्तैः पुराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिकरूपमै बग्दै आएका झरना, छहरा, छाँगालगायत अन्य स्थानहरूमा भ्रमण गर्न जानका लागि पनि सरकारले सरकारी कर्मचारीका साथै सर्वसाधारण नागरिकहरूलाई प्रोत्साहन गर्न सक्छ । त्यसैले जहाँ अड्केको भए पनि ‘सरकारी कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिने नीति तुरुन्तै लागू गर्नुपर्ने देखिन्छ । यसले नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने पक्काजस्तै छ ।
तर, नेपाल सरकारका निजामती कर्मचारीहरूले सरकारको सो सहुलीयत र सेवा सुविधालाई दुरूपयोग नगरुन् भन्नाका लागि उनीहरू (निजामती कर्मचारी) जुन क्षेत्रको भ्रमणमा जान्छन्, सो क्षेत्रको सक्कली र नयाँ फोटा, भिडियो क्लिप, होटल वा लजमा बसेको, खाना र, खाजा खाएको बिल भर्पाइ आदि पनि आफू कार्यरत कार्यलयमा निश्चित समय सीमाभित्र पेस गर्नैपर्ने बाध्यतामक व्यवस्था पनि लागू गर्नुपर्छ । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाऊन् नेपालको आन्तरिक पर्यटनको विकासमा टेवा दिऊन् भनी सरकारले दिएको सहुलियत र सदाशयलाई ससुराली घर, मामा घर, आफन्तको घर, नातागोताको घर घुम्न जाने अथवा घरैमा जुवातास खेलेर बस्ने, गर्लफ्रेन्ड/ब्याइफ्रेन्ड घुमाउन गएर समय खेर फाल्न बेर छैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया