Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराउण्ड टेबलद्वारा वीरगञ्जमा निर्माण भएको चार कक्षाकोठा हस्तान्तरण

राउण्ड टेबलद्वारा वीरगञ्जमा निर्माण भएको चार कक्षाकोठा हस्तान्तरण


काठमाडौं । राउन्ड टेबल नेपालले वीरगञ्जस्थित टेबल नं ८ र १३ को संयुक्त आयोजनामा निर्माण भएको चारवटा कक्षाकोठा हस्तान्तरण गरेको छ । वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालयलाई नवनिर्मित कक्षाकोठा हस्तान्तरण गरेको हो ।

विद्यालयको भवनमा आइतबार एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेती नवनिर्मित सुविधासम्पन्न चारवटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । तीन महिना पहिला विद्यालयमा २६ लाखबराबरको भौतिक पूर्वाधार निर्माण गर्ने आयोजनाअन्तर्गत चारवटा कक्षाकोठा र सोको लागि कुर्सी, टेबल, कालोपाटी आदिसहित निर्माण गरी हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका सदस्यले बताए ।

राउण्ड टेबल नेपालले विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले तीन सय ४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यसका नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल चार सय ५३ सदस्य छन् । यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकताअनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइनअन्तर्गत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाखबराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x