Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेसन’ उपाधि

ओप्पोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेसन’ उपाधि


काठमाडौं । एमडब्ल्यूसी२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओप्पोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेसन’ अवार्डद्वारा सम्मानित गरिएको छ । फाइन्ड एनमा रहेको हिन्ज एण्ड डिस्प्ले संघटनका लागि यो अवार्ड ओप्पोलाई प्रदान गरिएको हो ।

अवार्डको घोषणा मोबाइल वल्र्ड लाइभमार्फत साशा ट्विनिङ र जन्टिन स्प्रिंघमद्वारा सह–प्रायोजित भर्चुअल समारोहमार्फत गरिएको हो । समारोहको स्ट्रिमिङ विश्वभरका दर्शकका लागि लिंक्डइनमार्फत गरिएको थियो । ओप्पोका ओभरसिज सेल्स एण्ड सर्भिसका उपाध्यक्ष बिल्ली च्यांगले यस वर्षको जीएलओएमओमा फाइन्ड एनका लागि डिस्रप्टिभ डिभाइस इन्नोभेसन अवार्डद्वारा सम्मानित हुन पाउँदा निकै गौरवान्वित भएको बताए ।

ओप्पोका उत्पादन तथा प्रविधिका लागि औद्योगिक क्षेत्रका मित्रहरुका साथै स्वयम् प्रयोगकर्ताद्वारा प्राप्त ठूलो पहिचानका रुपमा कम्पनीले यसलाई लिएको उनको भनाइ छ । आरएण्डडीका चार वर्ष र छ पुनरावृत्तिपश्चात् प्रविधिप्रेमीहरुका साथै सर्वसाधारण जनताका लागि समेत दैनिक उपयोगिताका लागि ओप्पो फाइन्ड एनमार्फत फोल्डेबल उपकरणले सार्थकता पाएको उनले बताए । साथै उनले आगामी दिनमा पनि प्राविधिक नवप्रवर्तनमार्फत प्राक्टिकल भ्यालु कसरी पस्किन सकिन्छ भन्ने अन्वेषण जारी नै राख्ने जानकारी दिए ।

जीएलओएमओका प्रमुख निर्णायक तथा सीसीएस इनसाइटका कार्यकारी अध्यक्ष शाउन कोलिन्सले यो अवार्ड उद्योगजगत्मा निकै सम्मानित रहेको बताए । सीसीएस इनसाइटका कार्यकारी अध्यक्ष शाउन कोलिन्सको अध्यक्षतामा जीएलओएमओ अवार्ड्को सह–निर्णायक मण्डलीमा दुई सय स्वतन्त्र औद्योगिक विशेषज्ञ, अन्वेषक, शिक्षाविद्, मोबाइल अपरेटर प्रतिनिधि तथा सीटीओहरुको सहभागिता रहेको यस अवार्डलाई मोबाइल उद्योगमा सर्वाधिक सम्मानित उपाधिका रुपमा लिइन्छ ।

डिस्रप्टिभ डिभाइस इन्नोभेसन क्याटेगरीले नयाँ प्राविधिक उत्पादनहरुमा कार्यसम्पादन तथा समग्र प्रयोगकर्ता अनुभवमा सुदृढीकरण ल्याउन हार्डवेयर तथा सफ्टवेयरमा भित्र्याइएका नवप्रवर्तनको विशेष मूल्यांकन गर्दछ । विशेषतः ओप्पोको फाइन्ड एनमा रहेको पृथक्, स्वविकसित हिन्ज मेकानिजमका साथै पृथक् बाह्य डिजाइनका लागि यो उपाधि प्रदान गरिएको हो । सन् २०२१ को अन्त्यतिर सार्वजनिक गरिएको फाइन्ड एन ओप्पोको पहिलो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x