ताप्लीका स्थानीय टेलिफोन गर्नको लागि डाँडाकाँडा धाउन बाध्य
महेन्द्र शाही
सोलुखुम्बु, माघ २९
नेपाल टेलिकमले हरेक ग्रामीण क्षेत्रमा फोरजी सेवा सञ्चालन गर्ने कामलाई तीव्रता दिएको छ । फोरजीको जमानामा पनि केही ठाउँमा भने टेलिफोनका समान्य सेवा पनि पुग्न सकेको छैनन् । यस्तै बाध्यता रहेको छ उदयपुरको ताप्ली गाउँपालिकामा । ताप्ली गाउँपालिकामा टेलिफोनमार्फत कतै कुरा गर्नुपरेमा डाँडाकाँडा जानुपर्ने बाध्यता रहेको छ । टेलिकमले फोरजीभन्दा पनि यहाँका स्थानीयलाई सामान्य टेलिफोन विस्तार गर्न सकेको खण्डमा यहाँका स्थानीय बढी लाभान्वित हुने थिए ।
अत्यावश्यक भइसकेको टेलिफोनको टावर आउने जाने भइरहँदा खबर आदान प्रदानमा समस्या हुनेगरेको ताप्ली गाउँपालिका वडा नम्बर ४ का स्थानीय शेर्पा परियाको भनाइ छ । आफूहरूले कुनै पनि समाचार आदानप्रदान गर्नका लागि डाँडाकाँडा चाहर्नु पर्ने उनको भनाइ छ । टेलिफोनको टावर राखिएको भए पनि टेलिफोनको टावरमा विद्युतको व्यवस्था नभएकाले समस्या भएको स्थानीयको भनाइ छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा राखिएको टावरमा विद्युत् नपुगेको र सोलारबाट सञ्चान हुदा घाम लागेको दिनमा केही सहज भए पनि डाँडातिर जानु पर्ने बाध्यता रहेको नम्बर ५ का स्थानीय वीरबहादुर सुनुवारको भनाइ छ । घाम नलागेको दिनमा कुरा गर्ने सम्भावना अत्यन्तै कम हुने उनको भनाइ छ । गाउँबाट बाहिर गएकाहरूसँग कुराकानी गर्न समय मुश्किल हुने उनको भनाइ थियो । आफूहरूलाई फोरजीभन्दा पनि सामान्य फोन लाग्ने बनाइदिन स्थानीयले आग्रह गरे । यस विषयमा गाउँपालिका लागि रहेको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत्को लागि कुरा भइरहेको गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले बताए ।
टेलिकमको टावर भएको स्थानमा विद्युत् लिने काम धमाधम भइरहेकाले छिट्टै समस्या समाधान हुने अध्यक्ष थापाको भनाइ छ । समृद्ध स्थानीय तह बनाउने भने स्थानीय सरकार प्रमुखहरू भाषण गरेकै हुन्छन् । तर, समृद्धिको कुरा गर्ने स्थानीय तहका लागि आवश्यक पर्ने सामान्य कुरामा पनि ध्यान दिन नसकिएको अवस्था देखिएको छ । ठूला आश्वासनभन्दा सामान्य विषयमा जनप्रपतिनिधिको ध्यान जान जरुरी देखिन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- स्वरोजगार लघुवित्तको नाफा तीन करोड ६८ लाख
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया