कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता
काठमाडौं । कतार एयरवेजद्वारा पुरस्कार मुद्राका रूपमा प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग एक सय ५० गन्तव्यसहित एयरलाइनको बृहत् सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ ।
यस साझेदारीमार्फत अब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइन्सको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टिड अवार्ड सिटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत शृंखलासहितका लाभहरु उठाउन सक्नेछन् । प्रिभिलेज क्लबले एभिओस अपनाएको उपलक्ष्यमा, सदस्यहरूले प्रोमो कोड क्यूआरएभिओस प्रयोग गरी ३१ मार्च २०२२ सम्ममा नगद प्लस एभिओसको प्रयोग गर्दै आफ्नो अर्को उडान बुक गर्दा बिजनेस वा फर्स्ट क्लासमा १० हजार बोनस एभियोस वा इकोनोमी क्लासमा पाँच हजार बोनस एभिओसको फाइदा लिन सक्नेछन् ।
यो योजना कतारएयरवेज डट कम र एयरवेजको मोबाइल एपमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ । यात्रुले आफ्नो इच्छा तथा आवश्यकताअनुसार अष्ट्रेलियाका पाँच, युनाइटेड स्टेट्सका १२, मिडल इस्टका २१, अफ्रिकाका २८, युरोपका ३५ र एसियाका ४२ गन्तव्यलगायत विश्वका विभिन्न स्थानहरुमा उडान सुविधा तथा सेवा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, वान वल्र्ड साझेदारहरूबीचको गठबन्धनको फाइदा उठाउँदै कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरूका लागि थप लाभहरू पनि उपलब्ध गराइएको छ । ब्रिटिश एयरवेज एक्जेक्यूटिव क्लबको सदस्यहरूका लागि ब्यालेन्स सीमा वा स्थानान्तरण शुल्कविना एभिओस खाताहरू संयोजन गर्ने, एभिओस ब्यालेन्सको असीमित स्थानान्तरणको सुविधा समेत उपलब्ध गरिएको छ ।
एभिओसको संयोजन गर्ने सुविधामार्फत सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा उपलब्ध कतार एयरवेज र ब्रिटिश एयरवेजको अवार्ड दुवै उडानमा खर्च गर्ने र रिडिम गर्न सकिने सुविधा पनि उपलब्ध गरिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया