‘खल्ती लेख स्टार’ : ५० हजार जित्ने मौका
काठमाडौं । खल्ती डिजिटल वालेट ‘खल्ती लेख स्टार’ को खोजीमा हिँडेको छ । जसअन्तर्गत तीन जनाले ५० हजार, २५ हजार र २५ हजार रुपैयाँ जित्न सक्नेछन् । खल्ती लेख स्टार बन्न ‘खल्ती’ शब्दको अर्थ (वालेट र पकेट)खुल्ने गरी नेपाली भाषामा विभिन्न लेखरचना गरी पोस्ट गरी खल्तीलाई पठाउनुपर्नेछ ।
कम्पनीका अनुसार ‘खल्ती लेख स्टार’ बन्न इच्छुक व्यक्तिले आफ्नो कला पन्स, पञ्चलाइन, टंग ट्वीस्टर, उखान टुक्का ट्याग लाइन्स -याप आदिमार्फत सोसल मिडियामा प्रस्तुत गरी ‘ह्यास खल्ती लेख स्टार’ राखी आफ्नो फेसबुक इन्स्टाग्राम, ट्विटर, युट्युब या टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरेपश्चात् आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ । मंगलबारदेखि सुरु भएको यो प्रतियोगिता आगामी वैशाख १४ गतेसम्म लागू हुनेछ ।
यस अफरअन्तर्गत घोषित विजेतामध्ये प्रथम हुने एक जनालाई ५० हजार, दोस्रो हुने एक जनालाई २५ हजार, तेस्रो हुने एक जनालाई १५ हजार र सान्त्वना हुने पाँच जनालाई पाँच हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै तीन जना विजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् । खल्तीका कार्यकारी अधिकृत विनय खड्काले खल्ती लेख स्टारमार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौसला दिने उद्देश्यले यो योजना ल्याएको बताए । उनले यस प्रतियोगितामा आबद्ध हुन सबैमा आह्वान पनि गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया