Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबढुवा भएका एआईजीलाई दर्ज्यानी चिह्न, बढुवाविरुद्ध सर्वोच्चमा रिट

बढुवा भएका एआईजीलाई दर्ज्यानी चिह्न, बढुवाविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई बिहीबार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबारको निर्णयले चैत ८ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व बहन गर्नका निम्ति सफल हुने विश्वाससमेत व्यक्त गरे । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकले आगामी दिनमा देखाउने कर्तव्यपरायणता र इमान्दारीले पदोन्नतिलाई सिद्ध गर्ने उनले चर्चा गरे ।

उता सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानुनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहीबार डीआईजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् ।

डीआईजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको छ । आइतबारका लागि पेसी तोकिएको छ ।  रासस


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x