आशिष बहादुर सिंह
बझाङ, माघ २९
बझाङ जिल्ला अस्पताललाई प्रदेशभरिकै उत्कृष्ट बनाउने प्रयासमा जुटिरहेको अस्पताल प्रशासनले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल बझाङले विभिन्न सूचकांकलाई आधार मान्दा कुल ७० प्रतिशत अंक प्राप्त गरेको छ । आउँदा दिनमा कसरी उत्कृष्ट अस्पतालका रुपमा घोषित गर्ने भनेर लागिपरेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दिप ओखेडाले बताए ।
स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अंकमा प्रदेशभरि रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये बझाङले अस्पतालले ७० प्रतिशत अंक ल्याएर तेस्रो भएको थियो । जिल्ला अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवा ओपीडी, प्रयोगशाला, एक्सरे, शल्यक्रिया, भिडियो एक्सरे, इमरजेन्सी ईसीजी, मातृसेवा शिशु क्लिनिक, रक्तदान, सुरक्षित गर्भपतन, फर्मेसी, क्षयरोग एम्बुलेन्स डेन्टल सेवा लगायत विषयमा प्रत्येक छ/छ महिनामा मापन हुने गर्छ ।
सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी अस्पतालको सेवाको गुणस्तर मापन गरिएको क्षेत्रीय स्वास्थ्य सेवा अन्य रोगहरुको उपचार जिल्ला अस्पतालबाट हुने पनि कार्यालय प्रमुख ओखेडाले जानकारी दिए । पहिलाको जिल्ला अस्पतालको अवस्थाभन्दा अहिले निकै सुधार भएको सेवाग्राही जनक सिंहले बताए । उनले भने, ‘पहिला अस्पतालमा आउँदा फोहोरका कारण झन बिरामी भएर जानुपर्ने अवस्था थियो अहिले त्यो अवस्थाको अन्य भएको छ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- स्वरोजगार लघुवित्तको नाफा तीन करोड ६८ लाख
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया