चरीकोट–जिरी सडकखण्ड निर्माणकार्य सम्पन्न
दोलखा । जिल्लाको सदरमुकाम चरीकोटदेखि जिरीसम्म जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिको काम सकिएको छ । तीन वर्षअघिदेखि स्तरोन्नति गर्न सुरु गरिएको सो सडकखण्डको ५५ किलोमिटर सडकको कालोपत्रेसहित सम्पूर्ण कार्य सकिएको आयोजनाका मुख्य परामर्शदाता सीमित ईआएमसी जेभी प्रमुख इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार चैतको दोस्रो साता नै कालोपत्रे राख्ने काम सकिएको थियो । ३३ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण भएको उक्त सडकको २०७४ सालबाट सडक विस्तारसहित स्तरोन्नतिको काम थालिएको हो । सो सडकको स्तरोन्नति गर्न भारतीय एक्जिम बैंककले तीन अर्ब ७० करोड सहुलियत ऋण सहयोग गरेको छ ।
सडक निर्माण गर्न सरकारले २०७४ सालमा नेपाली सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोडमा सम्झौता गरेको थियो । उक्त सडकको नाला, ग्याबिन वाल, वायोइन्जिनियरिङ कार्य, जोखिम न्यूनीकरणका संरचनासहित ५५ किलोमिटरकै कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । निर्माण कम्पनीले राज्यले तोकेको समयभित्र नै सडकको काम सकेको बताएको छ ।
कम्पनीका अनुसार दुई महिनाअघि नै ५२ किलोमिटरको काम सकेको थियो । यस्तै बाँकी तापक्रम नपुग्ने तथा हिमपात हुने काभ्रेको हिटीदेखि खावासम्मको सडकको कालोपत्रे हाल्न फागुन अन्तिम सातादेखि सुरु गरेको थियो । यस्तै कम्पनीले पछिल्लो दुई महिनामा भत्केको, बिग्रेको, पहिरो गएको ठाउँमा पनि पुनः मर्मत गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया