सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरमको आयोजना
काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा शुक्रबार र शनिबार हुने ‘को–अपरेटिभ एन्टरप्रेनरसिप नेसनल युथ फोरम’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सहभागिताको लागि नाम दर्ताको काम समेत भइरहेको छ । उक्त फोरमको सह आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
फोरममा देशभरका दुई सय ५० सहकारीका सञ्चालक, युवा उद्यमीहरू र प्रतिनिधिहरूको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए । फोरममा युवा र उद्यमशीलतासम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुति समेत हुने ढकालले जानकारी दिए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्वराजदूत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकालगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले बताए ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठीको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । ‘युवाहरूलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागिता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौैँ’, उनले भने, ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागि दबाब सिर्जना गर्न र सहकारीमा नवीन सोच, प्रविधिको विस्तार साथै युवामैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु-याउने अपेक्षा गरिएको छ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया