Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपालमा पहिलोपटक सीईओ सम्मेलन हुने

नेपालमा पहिलोपटक सीईओ सम्मेलन हुने


काठमाडौं । नेपाल व्यवस्थापन संघले नेपालमा नै पहिलोपटक सीईओ सम्मेलनको आयोजना गरेको छ । संघले सातवटा विभिन्न आयामहरुमा : बैंक तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटर ‘पुनः इन्जिनियरिङ व्यवस्थापन : अस्तित्व–पुनरुत्थान र वृद्धि’ विषयमा नेपालमै पहिलो पटक आगामी शुक्रबार सीईओ सम्मेलन गर्न लागेको हो ।

यस वर्षको सीईओ सम्मेलनमा मुलुकको विभिन्न क्षेत्रमा कार्यरत करिब तीन सय सीईओको सहभागिता रहने बताइएको छ । सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुने सम्मेलनमा हरेक सेसनमा चार जना वक्ता र एक जना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ । यस सम्मेलनको मुख्य प्रायोजकमा वल्र्डलिङ्क कम्युनिकेसन प्रालि छ भने स्ट्रेन्थ पाटर्नरको रुपमा शिवम् सिमेन्ट छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कन्ट्रिब्युटर पार्टनरको रुपमा छन् । यसका साथै संघले शनिबार राष्ट्रिय व्यवस्थापन सम्मेलन र राष्ट्रिय व्यवस्थापन अवार्ड विरतण कार्यक्रम राखेको छ । संघले यो कार्यक्रम भने विगत ४१ वर्षदेखि गर्दै आएको छ । संघले आयोजना गर्न लागेको कार्यक्रम राष्ट्रिय व्यवस्थापन सम्मेलन शनिबार बिहान ९ बजेदेखि सुरु हुनेछ । यो कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा हुनेछ भने विज्ञबाट दुईवटा मुख्य कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यपत्र प्रस्तोताहरुमा अर्थविद् डा. विश्वास गौचन र प्राडा महानन्द चालिसे छन् ।

यसैगरी सोही दिन बेलुका ३ बजेबाट राष्ट्रिय व्यवस्थापन अवार्ड वितरण कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको प्रमुख अतिथि भने प्रधानमन्त्री शेरबहादुर देउवा छन् । यस वर्ष तीनवटा विधामा अवार्ड प्रदान गरिने संघले जनाएको छ । संघका अनुसार मेनेजर अफ दि इयर (एमवाईए), वुमन मेनेजर रिकोनिजेसन अवार्ड (डब्लुएमआरए) र आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्ड (ओएमए) छन् । साथै संघको २०औँ प्रबन्ध समितिको निर्वाचन पनि शनिबार नै हुने भएको छ । संघको निर्वाचनमा मतदान प्रक्रिया शनिबार बेलुका ४ बजेबाट सुरु हुने बताइएको छ । नेपाल व्यवस्थापन संघ चार दशकभन्दा बढी गौरवमय इतिहास वोकेको नाफारहित गैरराजनीतिक, सामाजिक एवं व्यवस्थापकहरूको छाता संगठन हो । संघले विभिन्न रचनात्मक गतिविधिका माध्यमबाट राष्ट्रिय विकासमा टेवा पु-याउँदै आएको जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x