Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने


काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न आठतले भवन निर्माणको काम थाल्ने भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार नर्भिकको २९औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी वैशाख १ गतेदेखि विधिवत् रुपमा सुरु हुनेछ । सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ ।

सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन् । नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए । उनका अनुसार एक लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ । निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x