नयाँ वर्षमा सामसङको आकर्षक छुट योजना
काठमाडौं । सामसङ नेपालले नयाँवर्ष २०७९ को उपलक्ष्यमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । गत चैत ११ देखि सुरु भएको यो योजना आगामी जेठ १ गतेसम्म अथवा स्टक रहुन्जेलसम्म ग्राहकहरुले सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना सामसङको टिभी, रेफ्रिजेरेटर र वासिङ्ग मेसिन खरिदमा लागू गरिएको छ । यसअनुसार सामसङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यास ब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एल ईडी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल ४ के यूएचडी टिभी २० प्रतिशतभन्दा ज्यादा छुटमा उपलब्ध छ । कम्पनीका अनुसार पीसी मोड, म्युजिक सिस्टमजस्ता विशेषताहरुले नौलो रोमाञ्चक अनुभूति प्रदान गर्ने सामसङ स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइन्छ ।
यसैगरी सामसङको नवीन ५७९ लिटर क्यापासिटीको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रोे, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरु र सिंगल डोर रेफ्रिजेरेटरहरु २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध छन् । यस्तै, आठ किलो, नौ किलो र १२ किलो कपासिटीमा उपलब्ध हाइजिन स्टिमयुक्त सामसङ फ्रन्ट लोड वासिङ मेसिन, आठ र १२ किलो कपासिटीमा उपलब्ध ए आईइको बबल वासर ड्रायर, सात किलो तौल कपासिटीको सामसङ टप लोड डिजिटल इन्भर्टर प्रविधि र सात किलो क्यापासिटीमा पाइने डायमन्ड ड्रम प्रविधियुक्त सामसङको टप लोड वासिङ मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टिभीमा एक वर्ष वारेन्टी र थप एक वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ । डीआईटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डीआईटी मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ । आईएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई इलेक्ट्रिकल, इलेक्ट्रोनिक एण्ड इन्फर्मेसन टेक्नोलोजिज एसोसिएसन, जर्मनीले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ । सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरिद गरिएका केही चुनिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ । यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत लागू गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया