एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज उत्कृष्ट निर्यातकर्ता
काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७/०७८ को नेपालकै सबैभन्दा उत्कृष्ट निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैँची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा सम्मान गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष निर्मल भट्टराईलाई सम्मानपत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् । नेपालमै फलेको अलैँचीलाई विभिन्न प्रोसेसिङ, लेबलिङ्ग र प्याकेजिङ गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत वर्ष २८ करोड रुपैयाँबराबरको अलैँची निर्यात गरेको थियो । नेपालसहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योग अर्जुनधारा नगरपालिका–८, झापामा स्थापित गरिएको छ ।
उद्योगमा भट्टराईसहित अन्य तिन व्यवसायीः सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी छ । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पर्ल्स, मिजाज अलैँची पाउडर, मिजाज अलैँची दाना र मिजाज अलैँची गरी चार अलैँचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया