नदी प्रणालीमा औषधिजन्य प्रदूषण जनस्वास्थ्यमा बढ्दो जोखिम
काठमाडौं । विश्वभरिका नदीहरूमा औषधि एवं फर्मास्युटिकल प्रदूषणमा गरिएको एक अध्ययनले दिल्ली एवं हैदरावादसहित विश्वभरका पानीका नमूनाहरू संकलन गरिएको छ । भारतमा २१ हजार नैनोग्राम प्रतिलिटरमा मधुमेहको उपचारका लागि उपायेग हुने औषधिको दोस्रो सबैभन्दा बढी अंश पाइएको छ । नदीको नमूनाहरूमा मधुमेह, भिर्गी, छारे रोग एवं दुखाई निवारक औषधिहरूको अवशेष पाइएको छ । जुन हाम्रो परिस्थितकी एवं जनस्वास्थ्यका लागि खतरनाक छ । यी नदिहरूमा फर्मास्युटिकलको अवशेष पत्ता लगाउन तथा तिनलाई मापन गर्ने अध्ययन हो । निम्न आय भएका देशहरूका नदीहरूमा सबैभन्दा बढी फर्मास्युटिकल प्रदूषणको मात्रा पाइएको छ जहाँ ठूला फर्मास्युटिकल उत्पादन क्षमताहरू छन् तर पर्यावरणीय नियमन धेरै खुकुलो छ । अध्ययनमा कार्वामाजोपाइन, मेटमर्फिन एवं कैफिनजस्ता ६१ खाले औषधिहरूको उपस्थितिलाई मापन गर्नका लागि विश्वभरिका दुई सय ५८ नदीहरूको आकलन गरिएको छ ।
अध्ययन गरिएका यी नदीहरूमध्ये ३६ देशहरूका नदिहरूमा पहिले कहिले पनि फर्मास्युटिकलका लागि निगरानी गरिएको रहेनछ । भेनेजुएलाको सुदूर गाउँ यानोमामी जहाँ आधुनिक औषधिहरूको उपभोग गर्दैनन् त्यहाँको नमूनाहरूमा कूल सक्रिय औषधिहरूको अवशेष या फर्मास्युटिकल इग्रेडिएन्टसको औसत सान्द्रता शून्य पाइएको छ । जब कि लन्डनमा यनिको मात्रा तीन हजार ८० नैनोग्राम प्रतिलिटर, दिल्लीमा ४६ हजार सात सयदेखि लिएर लाहोरमा सबैभन्दा बढी ७० हजार सात सयसम्म पाइएको प्राज्ञिक अभिलेख भेटिन्छ । अध्ययनको नेतृत्व गर्ने संयुक्त अधिराज्यको योर्क विश्वविद्यालयका पर्यावरण शोधकर्ता जोन बिल्कीसनले भनेका छन् कि हामीलाई लगभग दुई दशकदेखि यस कुराको जानकारी छ कि फर्मास्युटिकलले पानीको स्रोतहरूमा आफ्नो बनाउँछ । जहाँ तिनले जीवहरूलाई प्रभावित गर्न सक्दछन् । जब कि अहिलेसम्म लगभग सबै अध्ययनहरूले उत्तरी अमेरिका, युरोप एवं चीनमा ध्यान केन्द्रित गरेका थिए ।
अध्ययनमा भनिएको छ कि फर्मास्युटिकल प्रदूषणले प्रत्येक महाद्वीपको पानीलाई प्रदूषित गर्दो छ । कुनै देशको सामाजिक, आर्थिक स्थिति एवं तिनका नदीमा फर्कास्युटिकलको धेरै बढी मात्रामा प्रदूषणबीच बलियो सम्बन्ध हुने गर्दछ । जसमा निम्न–मध्यम आय भएका देशहरूका नदीहरू सबैभन्दा बढी प्रदूषित हुन्छन् । फर्मास्युटिकल प्रदूषणको उच्च स्तर औसत आयुको क्षेत्रहरूका साथसाथै उच्च स्थानीय बेरोजगारी एवं गरिबी दरका साथ जोडिएको पाइएको छ । विश्वका सबैभन्दा प्रदूषित देश एवं क्षेत्र ती हुन् जहाँ सबैभन्दा कम अनुसन्धान गरिएको छ । अर्थात् ३४ सहारा अफ्रिका, दक्षिणी अमेरिका एवं दक्षिण एसियाका केही भागले यसको पुष्टि गर्दछ । सबैभन्दा बढी औषधिजन्य प्रदूषण नदि किनारमा फोहार जम्मा गर्दा वा डम्पिङ गर्दा एवं अपशिष्ट निप्टारा गर्ने आधारभूत सुविधाहरको अभाव साथै अवशिष्ट टैंकको फोहर ढल नदिमा मिसाइने शामील छ ।
भारतीय प्रायोगिक संस्थान दिल्ली एवं हैदरावादका वैज्ञानिकसहित विल्किंसनव एवं उनका सहयोगीहरूले दिल्लिमा यमुना नदि एवं हैदरावादमा कृष्ण एवं मुसी नदिहरूसहित एक सय चार देशहरूमा दुई सय ५८ नदिहरूको एक हजार ५२ नमूनास्थलहरूका नमूनाहरूमा औषधिहरूको अंशको विश्लेषण गरेका छन् । तिनको अध्ययनमा चारवटा औषधिहरू कैफिन निकोटिन, पैरासिटामोल एवं कोटिनिन तम्बाकुको उपउत्पादकहरू पत्ता लागेको छ जुन सबै जीवनशैली वा उत्तेजक यौगिकका तत्व हुन् । यसमा अन्टार्टटिकासहित सबै महाद्वीपहरूका नमूना सामेल छन् ।
भारतको नमूनामा फैफिन एवं निकोटिनजस्ता उत्तेजकसहित अन्य औषधिहरूबाहेक एनाल्जेसिक, एन्टीबायोटिक, एन्टीकान्वेलसेटस, एन्टीडिप्रेसेन्ट, एन्टीडायबिटिक, एन्टीएलर्जी एवं विटा ब्लाकर्स नामक कार्डियोवैस्कुलन औषधिहरू पाइएका छन् । हाम्रा आफ्नो परिवेशमा यसबारे कुनै शोध अनुसन्धान एवं अनुगमन नभएको हुँदा यसै भन्न त सकिन्न तर हाम्रा नदिहरू पनि अछुतो त के होलान् ?
बोलिभियाको २५ हजार चार सयपछि २१ हजार नैनोग्राम प्रतिलिटरमा भारतमा मधुमेहको लागि उपचार हुने औषधिको विश्वको दोस्रो साद्रता सघनता पाइएको छ । यसको तुलनामा संयुक्त अधिराज्यको मधुमेह उपचारमा उपयोग हुने औषधिको एक हजार पाँच सय ५० एवं अमेरिकामा छ सय ३५ थियो । अध्ययनकर्ताहरूले भनेका छन्, विश्वभरिका नमूना संकलित ठाउँका एक चौथाइमा कम्तीमा एउटा औषधिको अवशेष पाइयो जुन जलीय जीवहरूका लागि सुरक्षित मानिने स्तरभन्दा बढी थियो । यद्यपि यस प्रकारको प्रदूषणबाट हुने मानवीय क्षतिको प्रत्यक्ष प्रमाण भेटिएको छैन । वैज्ञानिकहरू चिन्तित छन् कि यदि भोजनका लागि मानव समुदायले उपभोग गरिएको जलीय जीवहरूको शरीरमा औषधिको मात्रा मानिसहरूका लागि आवश्यक चिकित्सकीय सान्द्रताको स्तरसम्म पुगेमा यसले जनस्वास्थ्यमा प्रभाव पार्न सक्दछ ।
पर्यावरणमा एन्टीवायोटिक औषधिहरूको उच्चस्तरले पनि रोगाणुहरूमा औषधि प्रतिरोध बढाउन सक्दछ । विश्वभरिमा ६४ ठाउँहरूमा सिप्रोफ्लोक्सासिन सुरक्षित सीमाभन्दा बढी पाइएको छ । बंगलादेशको बारिसलमा मेट्रोनिडाजोल नामक औषधि सुरक्षित सीमाभन्दा बढी पाइएको छ जहाँ यसको सुरक्षित सीमाभन्दा तीन सय गुणा बढी थियो । अध्ययनमा उच्च आय भएका देशहरू अधिकतम औषधिहरूको सान्द्रता पाइएको छ । अध्ययनकर्ताहरूले भनेका छन् कि यस्तो सायद यसैले होला किनभने निम्न एवं अध्यम आय भएका देशहरूमा अपशिष्ट (फोहोर मैला) जललाई उपचारको लागि आधारभूत संरचनाहरू समिति छन् । तर कम आय हुने देशहरू जनसंख्याको दाँजोमा तिनको जनसंख्यासँग औषधिसम्मको पहुँच बढी छ । जब कि कम भएका देशहरूमा पनि अपशिष्ट फोहोर दूषित जल उपचारको सुविधाहरू ठीक छैन एवं औषधिसम्मको पहुँच एवं खरिद गर्ने क्षमता पनि हुँदैन जसले गर्दा पनि औषधिहरूको सान्द्रतालाई कमी गराउँछ ।
शोधकर्ताहरूको सुझाव छ कि भविष्यमा अन्य पर्यावरणीय साधानजस्तै तलछट माटो, एवं बायोटालाई समेल गर्नका लागि तिनको दृष्टिकोणलाई विस्तार गर्न सकिन्छ एवं प्रदूषणलाई लिएर वैश्विकस्तरमा आधार तथ्यांक बैंक स्थापना गर्न सकिन्छ ।
माथिका उपरोक्त अध्ययन अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा भन्न सकिन्छ हाम्रा नदीनाला जसरी अन्य औद्योगिक फोहरमैलाहरूका कारण प्रदूषित भएका छन् । त्यसैगरी औषधिजन्य एवं चिकित्साजन्य फोहोरमैलाबाट पनि प्रदूषित हुने रहेछन् जुन अन्तत्तोगत्वा जनस्वास्थ्य जलीय जीव एवं परिस्थितिकी प्रणालीले नै क्षति पु-याउन सक्ने रहेछन् । आज विश्व समुदाय जलवायु परिवर्तनका प्रभावले पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्नेबारे चिन्तित भइरहेको बेला यस पाटोलाई बिर्सन पो के सकिन्छ बरु बेलैमा निरोधात्मक कार्य सञ्चालन एवं नियमन एवं नियमाक आधिकारिक संस्थाले थाल्नुपर्ने हो कि वा व्यवसायी आफैँले व्यावसायिक जवाफदेहिता लिने हो, यक्ष प्रश्न त यही छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया