भारतमा उच्च महंगी
नयाँ दिल्ली, फागुन १
भारतमा महंगी उच्च भएको छ । भारतीय मिडियाहरुका अनुसार खाद्य र पेय पदार्थको महंगी उच्च दरले बढेको हो । जनवरी महिनामा उक्त वस्तुको खुद्रा मूल्य ७.५९ प्रतिशतसम्म पुगेको बताइएको छ । यो दर छ वर्षयताकै उच्च भएको नवभारत टाइम्सले जनाएको छ ।
समाचारहरुका अनुसार लगातार छैठौँ महिनासम्म महंगी बढेको बढ्यै छ । सरकारी तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई)मा आधारित खुद्रा मुद्रास्फीति डिसेम्बर २०१९ मा ७.३५ प्रतिशत रहेको थियो । त्यस्ते पछिल्लो वर्षको जनवरीमा उक्त दर १.९७ प्रतिशत रहेको थियो । जनवरीमा महंगी दर भारतीय रिजर्व बैंकको ४ प्रतिशतको लक्ष्यभन्दा धेरै रहेको छ । जनवरीमा सागसब्जीको महंगी दर बढेर ५०.१९ प्रतिशतसम्म पुगेको छ । पछिल्लो वर्षको डिसेम्बर महिनामा उक्त तथ्यांक ६०.५० प्रतिशत रहेको थियो । त्यस्तै तेलहनको महंगी दर ५ं२५ प्रतिशत र यसैसँग जोडिएका उत्पादनहरुको महंगी दर १६.७१ प्रतिशत रहेको छ ।
त्यस्तै भारतमा औद्योगिक गतिविधि पनि सुस्त हुँदै गएको मिडियाहरुले जनाएका छन् । डिसेम्बरमा उत्पादन वृद्धिदरमा शून्य दशमलव तीन प्रतिशतले गिरावट देखिएको छ । पछिल्लो वर्षको सोही अवधिमा २.५ प्रतिशत वृद्धि देखिएको थियो । उत्पादन क्षेत्रको उत्पादन घट्दा गिरावट देखिएको बताइएको छ ।
उत्पादन क्षेत्रको उत्पादन १.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा २.९ प्रतिशतले बढेको थियो । बिजुली उत्पादन वृद्धिदर पनि शून्य दशमलव एक प्रतिशतमा झरेको छ । सन् २०१८ डिसेम्बरमा यस्तो दर ४.५ प्रतिशत थियो । खानी क्षेत्रका उत्पादन बढे ५.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्ष १ प्रतिशत गिरावट देखिएको थियो । चालू आर्थिक वर्षको अप्रिल–डिसेम्बर अवधिमा आईआईपी वृद्धि घटेर शून्य दशमलव पाँच प्रतिशत पुगेको छ । पछिल्लो आवको सोही अवधिमा ५.७ प्रतिशत वृद्धि देखिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया