Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेडमी नोट श्रेणीका दुई स्मार्टफोन नेपाली बजारमा

रेडमी नोट श्रेणीका दुई स्मार्टफोन नेपाली बजारमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड शाओमीले रेडमी नोट ११ एस, र रेडमी नोट ११ प्रो फाइभजी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसे एक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो । शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर नयाँ फोन सार्वजनिक गरेको बताए । कम्पनीले सार्वजनिक गरेको दुवै फोनले फ्ल्यागशिप लेभलको प्रविधिलाई धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको र प्रविधिलाई सुलभ मूल्यमा सर्वसाधारणसम्म पु-याउने कम्पनीको मूल मान्यतालाई साकार बनाएको पन्डाले उल्लेख गरे । १०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जीवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको आठ एमपीको अल्ट्रावाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै दुई एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिनसक्छ । साथै यसको दुई एमपी डेप्थले पोट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ । १÷१.५२ को सामसङ एचएमटु सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आईएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्बिरहरु लिन सक्ने कम्पनीको भनाइ छ । साथै यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सघाउँछ ।

१२० हर्जको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ् रेट भएको यी फोनको ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ । यी दुईवटै फोनमा डीसीआई–पिथ्री वाइड कलर गेमुटसहितको एफएचडी एमोलेड डट डिस्प्ले रहेको छ, जसमा जीवन्त रङहरु र राम्रो डिटेलहरु देख्न सकिन्छ । साथै एक हजार दुई सय निटको स्क्रिन ब्राइटनेस भएकोले उज्यालो प्रकाशमा पनि स्क्रिन क्लियर देख्न सकिन्छ । ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा दुईवटा लिनियर स्पिकरहरु छन्, जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन् । कम्पनीका अनुसार रेडमी नोट ११ प्रो फाइभजीमा एडभान्स्ड अक्टा कोर स्न्यावग्रगन आर ६९५ प्रोसेसर प्रयोग गरिएको छ । यस्तै रेडमी नोट ११ एस फ्ल्यागशिप लेभल टफ टेक्नोलोजी, २.२ गिगाहर्जसम्मको क्लक स्पिड, एडभान्स्ड अक्टा कोर मिडियाटेक हेलियो जि९६ प्रोसेसर, आठ जीबी ¥याम र फाइभजी सपोर्ट गर्ने चिपसेटसहित आउँछ ।

साथै यो दुईवटै डिभाइसमा पाँच हजार एमएएचको ब्याट्री छ । रेडमी नोट ११ प्रो फाइभजीमा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्नसक्छ भने रेडमी नोट ११ एस मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ, जसले एक घण्टामै ब्याट्री फुल चार्ज गर्न सक्छ । रेडमी नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो फाईभजी ग्रेफाइट ग्रे, पोलर ह्वाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुईवटै फोनहरु छ जीबी प्लस १२८ जीबी र आठ जीबी प्लस १२८ जीबीको स्टोरजमा नेपालभरका अनलाइन र रिटेलमा चैत २७ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । रेडमी नोट ११ एसको मूल्य नेपाली बजार २९ हजार नौ सय ९९ रुपैयाँ र ३१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै रेडमी नोट ११ प्रो फाइभजीको मूल्य ३६ हजार नौ सय ९९ रुपैयाँ र ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x