साल्ट ट्रेडिङको आयोजनामा कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्र सम्बन्धी कार्यक्रम
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोजना तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक कार्यक्रम आयोजना गरिएको छ ।
बुधबारदेखी शुरु भएको उक्त कार्यक्रम आज शुक्रबार सकिने छ । सो कार्यक्रमको उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले समग्र नेपालको कृषि क्षेत्रलाई प्रबर्धन गर्न यो कार्यक्रम कोशेढुङा हुने भन्दै उत्पादनशिल कृषि क्षेत्रको विकासबाट नै देशले समृद्धी हासिल गर्न सक्ने बताए ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको र देशको कृषि क्षेत्रको उत्थानमा उल्लेख्य भूमिका खेल्ने भन्दै कृषि सामाग्री आपुर्ती र अनुदान संयन्त्रको नीतिगत एवम् व्यवस्थापनगत प्रबन्धलाई अझ सहज र सरल तुल्याउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले कर्पोरेशनले उत्पादनशिल कृषि क्षेत्रमा विगत लामो समय देखी लगानी गर्दै आएको बताउँदै यसैमा लगानी वृद्धिको योजना समेत बनाएकोृ बताए । यनले नेपाल र भारत दुवैको प्रयासमा नेपालको उत्पादकत्व बढाउन सकिने बताए ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी निरु दाहाल पाण्डेलेले उत्पादकत्व बढाउन रसायनको प्रयोग बारे कृषकहरुमा सचेतना अभिब्रिद्धी गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा इण्डियन पोटास लिमिटेडका महाप्रबन्धक निरज शर्माले लिमिटेडले उच्च प्रविधि प्रयोग गरि गुणस्तरिय मल उत्पादन गर्दै आएको जानकारी दिदै नेपालको माग बमोजिम पर्याप्त मलको आपुर्ति हुन सक्ने अवस्था बारे प्रकाश पारेका थिए । कार्यक्रमको पहिलो दिन नेपाली एवम् भारतिय कृषि वैज्ञानिक र विज्ञहरुले विभिन्न शिर्षकमा प्रस्तुती दिएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया