महेन्द्रनगर बजार क्षेत्रमा खानेपानीका नयाँ लाइन बिछ्याइँदै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा खानेपानी लाइनको नयाँ लाइन बिछ्याउने काम सुरु गरिएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाको कामसँगसँगै महेन्द्रनगर खानेपानी संस्थानले पनि काम अघि बढाएको हो ।
संस्थानको महेन्द्रनगर शाखा प्रमुख संगिता थापाले आयोजनाले गरिरहेको सडक निर्माणको कामसँगै लाइन परिवर्तन (रिप्लेसमेन्ट)को कार्य पनि सुरु गरिएको बताइन् । उनका अनुसार महेन्द्रनगर बजारका पाँचवटै गल्ली, बसपार्कलगायत बजार आसपासका क्षेत्रमा लाइन रिप्लेसमेन्ट भइरहेको हो । खानेपानी आयोजना निर्माणपछि करिब तीन दशकपछि लाइन परिर्वतन गरिन लागेको हो । लाइन पुनः निर्माणसँगै मर्मतका लागि भीमदत्त नगरपालिकाले संस्थानलाई आग्रह गर्दै आइरहेको थियो । खानेपानीको लाइन जीर्ण हुँदा पानी चुहावट हुने गरेको थियो । भीमदत्त नगरपालिकाले व्यवस्थित र आधुनिक सहरी निर्माण गर्ने योजनासहित जीर्ण पाइपलाइन फेर्न पहल गर्दै आएको थियो ।
भीमदत्त नगरपालिकाको जमानतमा नगर विकास कोषको ऋण सहयोगमा योजनाको बजेट सुनिश्चत गरिएको हो । संस्थानको महेन्द्रनगर शाखाप्रमुख थापाका अनुसार विभागबाट संस्थानलाई आयोजना हस्तान्तरण भएको करिब तीन दशकपछि पहिलो पटक लाइन फेरिन लागिएको हो । ‘नगरपालिकाले सडक विस्तार निर्माण गरिरहेकाले सडकमुनी रहेका लाइन हटाउनुपर्ने देखियो’, संस्थानकी प्रमुख थापाले भनिन् ‘खानेपानीका लाइनहरू सडकमै छन्, सडक विस्तार र लाइन जीर्ण भएकोले त्यसलाई रिप्लेसमेन्ट गरिरहेका छौँ ।’
अहिले महेन्द्रनगरको गल्ली नम्बर १ मा सडकको दुवै छेउ पाइपलाइन बिछ्याउने काम भइरहेको छ । नगरपालिकाले सडक निर्माणका लागि अतिक्रमित संरचना भत्काउन थालेपछि पाइपलाइन जडान गर्न संस्थानलाई सहज भएको छ । निर्माणकार्यलाई दिगो बनाउन सडक आयोजना र संस्थानको कामसँगै सुरु गरिएको उनले बताइन् ।
एक वर्षभित्रमा निर्माण कार्य सक्नेगरी खगराज एन्ड अमित कस्ट्रकसनसँग ठेक्का सम्झौता गरिएको छ । उसले पाइप खरिद र रिप्लेसमेन्ट दुवै काम गर्ने संस्थानले जनाएको छ । ‘जति चाँडो सडक आयोजनाको काम हुन्छ, त्यससँगै खानेपानीको काम पनि हुन्छ’, संस्थानको महेन्द्रनगर शाखाप्रमुख थापाले भनिन् ‘करिब एक हप्ता खानेपानी अवरुद्ध हुन सक्छ, लाइन रिप्लेसमेन्टसँगै मूल लाइनमा जोडेर खानेपानी पुनः सुचारु गर्छौँ ।’ यस योजनाअन्तर्गत करिख ३० किलोमिटर लाइन परिर्वतन गरिने उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया