सुबास बस्नेत
दोलखा, फागुन १
भीमेश्वर नगरपालिकाको चरिघ्याङमा रहेको ऐतिहासिक मानेगुम्बाको पुननिर्माण सुरु भएको छ । भिमेश्वर नगरपालिका वडा नं ३ र ६ को बीचमा रहेको पुरानो ऐतिहासिक महत्व बोकेका आधा दर्जन गुम्बा भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाएपछि सो क्षेत्रको शोभा नै बिग्रेको थियो । बषौँदेखि भग्नावशेष अवस्थामा रहेको गुम्बाको पुनर्निर्माण गर्न भिमेश्वर नगरपालिकाले चासो देखाएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ६ ले माने गुम्वा निर्माणको लागि चालू आर्थिक वर्षको बजेटबाट दुई लाख ५० हजार र वडा नम्बर ३ ले दुई लाख बजेट छुट्याएको थियो । दुई वडाको स्वामित्वमा निर्माण हुने गुम्वाको ६ लाख रकम आवश्यक पर्ने अनुमान गरिएको चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामाले बताए । उनका अनुसार हालसम्म गुम्वा निर्माणको लागि चार लाख ५० हजार रुपैयाँ बजेट जम्मा भइसकेको छ ।
बाँकी अपुग रकम भीमेश्वर नगरपालिकाले दिने नगरप्रमुख भरत केसिले प्रतिबद्धता जनाएपछि गुम्बा निर्माणको काम सुरु भएको लामाले बताए । क्षेत्रका स्थानीयको पहलमा निर्माण हुन लागेको गुम्बा पुरानै शैलीमा निर्माण हुने बताइएको छ । गुम्वा निर्माणको लागि पुरानै शैलीका सामग्रीहरु ढुङगा, माटो, चुना, पीठो, गजुरलगायतको सामग्री प्रयोग हुने उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया