Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकृषकलाई बैंकिङ सेवामा सहज पहुँच गर्न माग

कृषकलाई बैंकिङ सेवामा सहज पहुँच गर्न माग


काठमाडौं । नेपाल व्यावसायिक बाख्रापालन महासंघले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरी कृषि तथा पशुपन्छी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पीपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भत्ता, दुर्घटना बीमा र सञ्चय कोषको व्यवस्था गरिनुपर्ने माग गरेको हो । महासंघले बाख्रापालक किसानलाई राज्यले बेवास्ता गरेको भन्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अघि सारेका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा समस्या भएको बताए । महासंघका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले किसानले गरेको दुःखका साथै उत्पादन गरेको वस्तुको मूल्य नपाउनु दुःखद् भएको टिप्पणी गरे । उनका अनुसार किसानले लागत मूल्यको ३० प्रतिशत मात्र पाएका छन् । बिचौलियाले होटलमा ल्याएर एक केजी मासुको प्लेटिङ गरेर पाँच हजार बनाउने गरेको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x