डडेल्धुराको दुर्गम मलास सडक सञ्जालमा जोडियो
काठमाडौं । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने मलास, जहाँ ठूलो बस्ती छ । ठाउँ एकान्त अनि अनकन्टार भए पनि ठूलो फाँटजस्तै छ । यो क्षेत्र कञ्चनपुर र डडेल्धुराको बीचमा अवस्थित छ । यो क्षेत्र डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गत पर्दछ । तर यस क्षेत्रका बासिन्दालाई परशुराम नगरपालिकाले कहिल्यै आफ्नो क्षेत्रका रूपमा अपनाएको जस्तो महसुस भएको छैन । ठाउँ डडेल्धुराको हो तर महेन्द्रनगरबाट नजिक पर्छ ।
यस क्षेत्रमा विकासका पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडकजस्ता पूर्वाधारको विकास हुन सकेको छैन । सञ्चार सेवा पुगेको त छ तर फोन मात्र लाग्छ । इन्टरनेट सुविधा अझसम्म पुग्न सकेको छैन । यस क्षेत्रका बासिन्दा जहिल्यै दुर्गमवासीका नामले चिनिन्छन् । अझै पनि केही व्यक्तिलाई बाहेक मलास क्षेत्रमा बसोबास हुन्छ भन्ने मान्छेलाई थाहासम्म पनि छैन । यस पटक भने डडेल्धुराको परशुराम नगरपालिका–७ मलास सडक सञ्जालसँग जोडिएको छ । उक्त क्षेत्र तराईको निकटवर्ती सहर महेन्द्रनगरसँग मलास सडक सञ्जालमा जोडिएको हो । हुन त यो क्षेत्र नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । तर पाँच/पाँच पटक प्रधानमन्त्री भइसक्दा समेत देउवाले आफ्नो जिल्लामा विकास गर्न नसकेको भन्दै गुनासो आइरहने गर्दछ । सडक नहुँदा मलासवासीले २ घण्टा पैदल हिँडेर अत्यावश्यक पर्ने नुन, तेल, चामललगायतका सामग्रीहरू महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पु-याउनुपर्थ्यो ।
मलासवासीले परशुराम नगरपालिकाको वडा नम्बर ७ को कार्यालयसम्म पुग्न अझै तीन घण्टा र परशुराम नगरपालिका कार्यालय जोगबुढा पुग्न ७ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता कायमै छ । अझ सामान्य नागरिकता लिन डडेल्धुरा बजारसम्म पुग्न त पूरै एक दिनसम्म लाग्ने गर्दछ । मलासवासीले नागरिकता बनाउनकै लागि तीन/चार दिनसम्म लगाउनुपर्ने अवस्था रहेको छ । तर मलासवासीले कञ्चनपुरको महेन्द्रनगर पुग्न भने एक घण्टा हिँडे पुग्न सक्ने भएका छन् । महेन्द्रनगरदेखि विष्णु मन्दिर हुँदै मलाससम्म सडक बनेपछि महेन्द्रनगरबाट मलास नियमित जिप सेवा सञ्चालन हुनेभएको छ । मलास क्षेत्र कञ्चनपुरको उत्तरी क्षेत्र चुरैको फेदमा रहेको विष्णु मन्दिरबाट करिब १० किलोमिटर टाढा रहेको छ भने महेन्द्रनगर बजारबाट १६ किलोमिटर मात्रै टाढा पर्दछ । उक्त सडक वर्षायाममा भने बन्द हुने अवस्था रहेको छ ।
सडक बनेपछि डडेल्धुराका बड्डी मलास, पीपलकोट र कसानका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । २०/२५ किलो पिठो, चामललगायतका खाद्य सामग्रीहरू महेन्द्रनगरबाट पिठ्युमा बोकेर डाडा काट्ने मलासवासीको समस्या ४० वर्षपछि हट्ने भएको छ । स्थानीयहरू आफ्नो क्षेत्रमा सडक र गाडी पुगेपछि खुशी भएका छन् । खुशी हुँदै स्थानीयहरूले आफूहरूले नदेखेको सपना पूरा भएको बताएका छन् । स्थानीयहरू भन्छ्न : ‘यो सपना पूरा हुने कल्पना समेत गरेका थिएनौँ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया