Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहासंघको ५६औँ वार्षिक साधारणसभा आजबाट

महासंघको ५६औँ वार्षिक साधारणसभा आजबाट


काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५६औँ वार्षिक साधारणसभा आजबाट काठमाडौंमा सुरु हुनेभएको छ । वार्षिक साधारणसभाको समुद्घाटनसँगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुद्घाटन हुने महासंघले जनाएको छ ।

वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले होटल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । साधारणसभाको समुद्घाटन समारोहमा सांसदहरू, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थविद्, उद्यमी व्यवसायीलगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने महासंघले जनाएको छ । निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रूपमा लिइने महासंघको वार्षिक साधारणसभामा भाग लिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारणसभामा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिब एक हजार पाँच सय उद्यमी व्यवसायीको उपस्थिति रहनेछ ।

समुद्घाटनपश्चात् अहिलेका महत्वपूर्ण विषयहरूमा सरकार, नीति निर्माता, उद्यमी व्यवसायीहरूको सहभागितामा बृहत् छलफल गरिनेछ । विशेष सत्रमा तरलता एवं बाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमूलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिनेछ । विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाइसकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक जिल्ला नगर वाणिज्य संघ एक सय १८, वस्तुुगत संघहरू एक सय २३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य एक हजार सात सय ४८ रहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x