चुनावी घोषणापत्रमा कृषि क्षेत्रका मुद्दाहरूलाई समेट्न राजनीतिक दलहरूलाई आग्रह
काठमाडौं । खाद्यका लागि कृषि अभियानले आसन्न स्थानीय निर्वाचनमा सबै राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्रमा कृषि क्षेत्रका मुद्दाहरूलाई समेट्न आग्रह गरेको छ । लामो समयदेखि महिला, साना र भूमिहीन किसानका खाद्य, भूमि, कृषि र जलवायु जोखिमजस्ता सवालहरूमा निरन्तर अनुसन्धान, नीतिगत बहस र जनवकालत गर्दै आएको खाद्यका लागि कृषि अभियानले सोमबार पत्रकार सम्मेलन गरी दलहरूको घोषणापत्रमा समेटिनुपर्ने सुझावहरू सार्वजानिक गरेको हो ।
अभियानका संयोजक उद्दव अधिकारीको अध्यक्षतामा भनएको यस कार्यक्रममा दलहरूको घोषणापत्रमा समेटिनुपर्ने सुझावहरू अभियानका सदस्य जीवन कुमार शाहीले वाचन गरेर सुनाएका थिए । यस कार्यक्रममा नेपालको खाना र कृषिको सवालमा स्थानीय सरकारको भूमिका ठूलो हुने र अब नेपालको खेतीपाती कसैले जोगाउँछ भने त्यो स्थानीय तहले जोगाउने डा. कृष्ण प्रसाद पौडेलले बताए । राष्ट्रिय किसान समूह महासंघकी महासचिव तथा अभियानकी सदस्य रिता बास्ताकोटीले किसानहरू नै सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताइन् । अब राजनीतिक दलहरूले किसान पहिचानसहित किसानका मुद्दालाई उचितरूपमा सम्बोधन गर्ने गरी प्रतिबद्धता गर्नुपर्ने उनको भनाइ छ । अभियानका संयोजक उद्वव अधिकारीले विभिन्न पार्टीहरूलाई भेट्ने र तिनका घोषणापत्रमा खाना र खेतीपातीका मुद्दाहरू समेट्न अनुरोध तथा दबाब दिने बताए ।
स्वस्थ खाने कुराको उत्पादन, प्रवद्र्धन र बजारको नियमन गर्ने तथा आयातलाई प्रतिस्थापन गर्दै क्वारेनटाइनको प्रभावकारी कार्यन्वयन गर्ने व्यवस्था, प्राविधिक सूचना, सेवा तथा सुविधालाई किसानको सहज पहुँच बढाउन कृषि प्रशारको कार्यक्रम र दक्ष जनशक्तिको समुदाय तहमै व्यवस्था, स्थानीय कृषि, खाना र शिक्षालाई एकीकृत गरेर मौलिक पाठ्यक्रम निर्माण गर्ने र कार्यान्वयन गर्ने प्रतिबद्धता, खानाका लागि खेतीपातीको चेतना विस्तार गर्ने तथा खेती र किसानीलाई सम्मानित पेशा बनाउँदै युवालाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्ययोजनालगायत जनस्वास्थ्य, वातावरणलगायत खाना खेतीपातीसँग अन्तरसम्बन्धित विभिन्न आयामहरू सम्बोधन गर्ने दीर्घकालीन सोच र मार्गचित्र तयार गर्न तथा प्रतिबद्धता जनाउन अभियानले आग्रह गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया