दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाले पालिकाका विभिन्न स्थानहरुमा भइरहेका विकासे योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकाद्वारा आर्थिक वर्ष ७८/७९ मा विनियोजित बजेटद्वारा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको उपाध्यक्ष सिता ज्ञवालीले बताइन् ।
उनका अनुसार योजना कार्यान्वयनको लागि अनुगमनलाई निरन्तरता दिँदै सञ्चालित योजनाहरुलाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि पहल जारी राखिएको छ । पालिकामार्फत निर्माण गरिएको कार्यविधिअनुसार आफूहरुले पालिकास्तरमा निर्माणाधीन योजनाहरुको अनुगमन प्रभावकारी र गुणस्तरीय बनाउनुका साथै दिगो विकासका लागि अनुगमन भइरहेको उनको भनाइ छ ।
अनुगमनका क्रममा सञ्चालित योजनाहरु सोचेअनुरुप नै निर्माण भइरहेको र निरन्तर रुपमा पालिकाभित्रका सबै योजनाहरुको अनुगमन कार्य चलिरहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले बताए । उनले धेरै योजनाहरु गाउपालिकासँग सम्झौता भइसकेको र अनुगमनपश्चात् सम्पन्न योजनाहरुको छिटो छरितो र प्रभावकारी रुपमा भुक्तानी समेत प्रदान गर्ने कार्य चलिरहेको जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया