Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंक र एनप्याब्सनबीच सम्झौता

प्रभु बैंक र एनप्याब्सनबीच सम्झौता


काठमाडौं, फागुन १
प्रभु बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन एनप्याब्सनबीच बैंकिङ कारोबार प्रभु बैंकमार्फत गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौँमा एक समारोहका बीच सम्पन्न उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र एनप्याब्सनसँगको सम्पन्न सम्झौताबमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभुु बैक हुनेछ । एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ भने एनप्याब्सनअन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरूले पनि आफूलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरूबाट संकलन गर्ने शैक्षिक शुल्क बैंकमार्फत नै संकलन गर्नेलगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्न सक्नेछन् । उक्त विद्यालयहरूमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरूको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले बैंकमार्फत नै तलब भुक्तानी लिनसक्नेछन् ।

एनप्याब्सनअन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरूमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरूलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको आईपीओ, एफपीओ, डिबेञ्चरलगायतको सूचना उपलब्ध हुनुका साथै सेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधासमेत उपलब्ध हुनेछ । एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रमलगायत जुनसुकै कार्यक्रमहरूमा आधिकारिक बैंककोरूपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।

प्रभु बैंक र एनप्याब्सनकाबीच बुुधबार सम्पन्न यस सम्झौताबमोजिम एनप्याब्सनअन्तर्गत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरू, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरूलगायत अभिभावकहरूले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सञ्जालमा सहभागी भई अधिकतम लाभ उठाउने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x