काठमाडौं । आर्थिक दैनिक नयाँ वर्ष २०७९ को सुरुवातसँँगै १२ पुगेर १३ वर्षमा प्रवेश गरेको छ । २०७८ सालको अन्त्यसँगै आर्थिक दैनिकले आफ्नो प्रकाशन प्रारम्भ गर्दा देशमा जे–जस्ता आर्थिक विकृति, विसंगति थिए मुलुक अहिले पनि तिनै कुरासँग जुधिरहेको छ । १२ वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ तर मुलुकले भने यस्ता असंगत कुराबाट मुक्ति पाउन नै सकेन । यो दैनिकले आफ्नो प्रकाशन सुरु गर्दा देशमा नयाँ संविधानको बहस चलिरहेको थियो । त्यो संविधानले जनजीविकाका कुरामा आमूल परिवर्तन ल्याउँछ र विद्यमान विकृति, विसंगतिको पनि अन्त्य गर्नेछ भन्ने आममान्यता थियो । तर भयो के भने अरु विकृतिहरु थपिए । जस्तो पाँच वर्षमा संविधान बनाइने भनी वाचाका साथ राजनीतिक दलहरुले संविधानसभाको निर्वाचन गराएका थिए । तर त्यो अवधिमा आफ्नो म्याद आफैँले थप्ने विकृति भित्र्याइयो । यसले जननिर्वाचनको कुनै अर्थ राखेन भने यता संविधान पनि बनेन ।
दोस्रो निर्वाचनपछिको सभाले सविधान त बनायो तर त्यसपछिका दिनहरुमा त्यसको व्यापक उल्लंघन हुँदै गयो । यो भनेको मूल्य र मान्यताको क्षय हुँदै गएको अवस्था हो जसले परिवर्तनको अपेक्षामा तुषारापात गर्छ । यस्तै कारणले देशमा चरम विकृति फैलिन्छ । नेतृत्वकर्तामा नैतिक दायित्व नरहेका वा वहन नगरेका उदाहरण हुन् यी जसले विसंगति थप्नुभन्दा अरु । आर्थिक क्षेत्र नै भन्ने हो भने झन् पछिल्ला दिन झन् चौपट हुँदै गए । १२ बाट १३ वर्षमा प्रवेश गरेको यो दिन त देश टाट पल्टिने हो कि भन्ने बहसमा रुमलिइरहनुपरेको छ । सार्क क्षेत्रको एउटा देश हेर्दाहेर्दै गम्भीर संकटमा परिसकेको छ । नेपाल पनि त्यसको तुलनामा आउनसक्ने भनी जसरी आकलन भइरहेका छन् । यी अत्यन्त दुःखद पक्ष हुन् । १३औँ वर्षमा प्रवेश गरेको यो उपलब्धि यो बेला आमपाठकलाई जानकारी गराउन पाउँदा चाहना पब्लिकेशन प्रालि हर्षले गदगद हुने भयो नै तर देशको अवस्था भने यसरी खुसी बाँड्ने खालको रहेन । देशमा भ्रष्टाचार व्याप्त छ । अघिल्लो वर्षमात्र नेपाल देश एसियाली देशका बीचमा सबैभन्दा भ्रष्ट रहेको भनी अन्तर्राष्ट्रिय संस्थाले प्रतिवेदन नै दिए । देशका प्रधानमन्त्री भ्रष्टाचारका संरक्षक रहेका भनी नामै किटानी भयो । दिनहुँ बढ्ने महंगीले आमनागरिकका जीवन जति कष्टकर भएका छन् त्यो वर्णन गरिसाध्य हुनेखालका छैनन् । त्यसको मारमा आर्थिक दैनिक पनि परिरहेकै छ । समाजले जे भोगिरहेको छ त्यसमा कोही पनि अछूतो रहने कुरा हुँदैन ।
आर्थिक दैनिक प्रारम्भ हुँदाको प्रतिबद्धता हो खासगरी आर्थिक क्षेत्रमा हुने विकृतिहरुविरुद्ध निरन्तर निडरतापूर्वक पहरेदारी गर्नु । आफूले आफैँलाई मूल्यांकन गर्दा त्यसमा कतै चुकेजस्तो लाग्दैन । यस्तो पहरेदारीलाई निरन्तर कायम राख्दाका क्रममा यदि कतै त्यस्ता कमी कमजोरी भएका रहेछन् भने त्यसलाई औँल्याइदिए आभारसहित सच्याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
पछिल्लो समय देश कालोधनको मारमा परेको अवस्था छ । त्यसले गभर्नरसम्मलाई छाडेन भने यो आर्थिक दैनिक त्यसबाट प्रताडित नहुने कुरै भएन । तर यो ठाउँमा फेरि दोहो-याउन चाहन्छौँ । तिनबाट हामी कहिल्यै र अलिकति पनि विचलित हुनेछैनौँ । लामो समयदेखि जरा गाडिसकेको र नेतृत्वकर्ताहरुले नै निरन्तर मलजल गरिरहेको अवस्थामा यस्ता विकृतिसँग लड्न निकै ठूलो धैर्यता र सहयात्रा चाहिन्छ भन्नेमा हाम्रो दृढ विश्वास छ । यसका लागि पाठकवर्गबाट विगतमा जस्तै सहयोगको अपेक्षा गरेका छौँ । सँगसँगै हाम्रा विज्ञापनदाता, समाचारदाताले यो लामो यात्रामा दिएको साथलाई उच्च मूल्यांकनसहित अझै निरन्तरता पाउने आशाका साथ यो नयाँ वर्ष २०७९ ले सहयात्रालाई झन् बलियो बनाओस् ! हार्दिक मंगलमय शुभकामना !
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया