Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग२०७८ सालमा बिग्रिएको अर्थतन्त्र २०७९ सालमा सुखद बनोस् !

२०७८ सालमा बिग्रिएको अर्थतन्त्र २०७९ सालमा सुखद बनोस् !


काठमाडौं ।२०७८ साललाई नियाल्दा मुलुकको अर्थतन्त्र संकटतिर धकेलिँदै गएको थियो । नेपाली उत्पादनको निर्यात र वैदेशिक लगानी प्रवद्र्धन गर्न नसक्दा व्यापारघाटाको खाडल गहिरिँदै गएको थियो । मुलुकको अर्थतन्त्र देउवा नेतृत्वमा रहेको सरकारले तयार पारेको नीतिभन्दा थप उल्टो भइरहेको थियो ।

नेपाल राष्ट्र बैंकले पनि मुलुकमा चुलिँदो आयात घटाउने ठोस निर्णयस्वरुप अत्यावश्यकबाहेकका सम्पूर्ण आयातित वस्तुको एलसी बन्द गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । जसले गर्दा २७८ साल हामी नेपालीहरुका लागि त्यत्ति उत्साहजनक हुन सकेन । पछिल्लो समय तीव्र आयातका कारण शोधनान्तर स्थिति लगातार घाटामा गएको र व्यापारघाटा उच्च भएका कारण वैदेशिक मुद्राको सञ्चितिमा उच्च दबाब परेको दाबी राष्ट्र बैंकले गरेको थियो । जसले गर्दा यो नयाँ वर्ष २०८९ साल कस्तो रहने भन्ने चिन्ताका बीचमा हामी नेपालीहरुले नयाँ वर्ष २०७९ लाई स्वागत गर्नुपर्ने अवस्था सृजना भएको छ ।

No description available.

२०७८ सालमै केही समय अगाडि सरकारले आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा अर्थ समितिले बोलाएको बैठकमा बैंकहरुले एलसी रोक्ने नीति लिन सरकारलाई आग्रह गर्दै सो निर्देशन कार्यान्वयन गर्न आफूहरु तयार रहेको भनी बताएको घटना पनि सार्वजनिक भएकै थिए । तर पनि नयाँ वर्षसँगै देउवा सरकारले खस्किँदो अर्थतन्त्रलाई उकास्न नयाँ नीतिका साथ व्यापार व्यवसायलाई संरक्षण गरी राहत दिने आशा गर्न मात्र सकिन्छ ।

हुन त यो सरकार विषम परिस्थितिमा निर्माण भई चुनाव सम्पन्न गर्ने म्यान्डेटका साथ मात्र गठन भएको हो । तर सरकारको कार्यशैली हेर्दा आफ्नो म्यान्डेट एउटा कुनामा फालेर धराशायी हुँदै गएको अर्थतन्त्र सुधारमा त्यति ध्यान दिन नसकेको भान पनि हुनथालेको छ ।
नेपालीहरुको नयाँ वर्ष २०७९ सँगै बढ्दै गएको रुस–युक्रेन युद्धले आगामी दिन झनै कठोर बन्नसक्ने अनुमान पनि गर्न थालिएको छ । यस्तो अवस्था भए पनि देउवा सरकार त्यति धेरै चिन्तित देखिएको छैन । दिनहुँजसो निजी क्षेत्र र अर्थतन्त्रमा सरोकार राख्नेले तत्काल सुधारका कदम चाल्न सरकारलाई घचघच्याउँदा पनि देउवा सरकार भने आफ्ना मानिस र आसेपासेलाई नियुक्ति गर्ने ध्याउन्नमा देखिनु विडम्बना नै हो ।

नयाँ वर्ष २०७९ को संघारमा रहेका हाम्रा उद्योगी व्यवसायीदेखि बुद्धिजीवीहरुले हाम्रो अर्थतन्त्र ओरालो लाग्नुमा हाम्रै नेताहरु जिम्मेवार रहेको बताउने गरेका छन् । उनीहरुले आफू, आफ्ना कार्यकर्ता र दलभन्दा बाहिर कहिल्यै नसोचेको आरोप समेत लगाउन थालेका छन् । यसरी सरकार आफैँ छाडा किसिमले चल्दा विदेशी मुद्राको सञ्चितिमा ह्रास आएको दाबी बुद्धिजीवीहरु गर्न थालेका छन् । उनीहरुले यस्तै अवस्था हुने हो भने भोलि श्रीलंकाजस्तो औषधि र खाद्यान्न पनि किन्न नसक्ने अवस्था आउनसक्नेसम्मको चेतावनी सरकारलाई दिएका छन् ।

२०७८ सालमा अर्थतन्त्र बिग्रिएको नौ महिना भइसकेको छ । अब मुलुक श्रीलंकाको बाटोमा जाने क्रममा त छैन भन्ने संशय पैदा भएको छ । संकटका संकेत देखिनासाथ देउवा सरकारले सुधारका लागि कठोर कदम चाल्नुपर्नेमा ढिलो नगरी नेपालीको मुखमा आएको नयाँ वर्ष २०७९ सालको स्वागत गर्दै प्रधानमन्त्री देउवाले कठोर कदम चाल्न जरुरी भइसकेको छ ।

मुलुकको अर्थतन्त्र अहिले धेरै समस्यामा गइसकेको छ । आयात चुलिएका बेला रेमिट्यान्स घटेको र पर्यटन लगायतका सेवा क्षेत्रबाट पनि विदेशी मुद्रा आर्जन नहुँदा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति क्रमशः घटिरहेको छ । यस्तो विकराल पुरानो वर्षको अवस्था ख्याल गर्दै नयाँ वर्ष २०७९ सँगै सबै नेपालीहरुले आगामी सुखद दिनको कामना गर्नु अहिलेको आवश्यकता भएको छ । नयाँ वर्ष २०७९ सालमा सबै नेपालीको सुखद रहोस् ! शुभकामना !


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x