स्वच्छ पर्यावरण र जैविक विविधताको महत्व
काठमाडौं । हाम्रो देश जैविक विविधताले भरिपूर्ण देश हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका हुन्छ । यहाँ रहेको प्राकृतिक सम्पदाहरू वन, जंगल, तथा यहाँभित्र पाइने अलौकिक अद्वितीय वस्तुको जैविक विविधतामा महत्वपूर्ण स्थान छ ।
नेपालको कुल भू–भागको ४४ दशमलव ७४ प्रतिशत ओगोटेको वन क्षेत्र महत्वपूर्ण प्राकृतिक सम्पदा हो । वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता र जलाधार व्यवस्थापनलाई समेट्ने यो क्षेत्र प्रत्यक्ष रूपमा पर्यटन, जलविद्युत्, कृषि, पशुपालन, स्वाच्छ पर्यावरण र वन तथा जडीबुटीमा आधारित उद्योगसँग गासिएको छ । यस क्षेत्रमा जैविक विविधताअनुसार प्राप्त हुने काठ, दाउरा, जडीबुटी, हरित उद्यम र प्रकृतिमा आधारित पर्यटनको विस्तार समृद्धिको आधार हुन् भने स्वच्छ पर्यावरण, हरियाली, जैविक विविधता, प्राकृतिक रमणीय समुन्नत जलाधार प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता एवं पहुँच लाभको निष्पक्ष र न्यायोचित वितरण हाम्रो देशका लागि अति आवश्यक छ ।
जैविक विविधताको दृष्टिले नेपाल सम्पन्न मुलुक हो । नेपालमा एक सय १८ प्रकारका पारिस्थितिकीय प्रणाली, ७५ प्रकारका वनस्पती वर्ग, ३५ प्रकारको वन, ११ हजार नौ सय ७१ वनस्पति प्रजाति र ११ हजार आठ सय ६१ प्राणी प्रजाति पहिचान भएका छन् । २० वटा संरक्षित क्षेत्र, १० अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्र, ११ वनस्पति उद्यान, २२ हजार छ सयभन्दा बढी सामुदायिक वन र १० हजारभन्दा बढीको संख्यामा रहेका समुदायमा आधारित वन र वनबाहिर ग्रामीण महिला, किसान वा परिवारको निजी खेतबारीमा लाखाँैको संख्यामा रहेका निजी/पारिवारिक वन र कृषि वनमा जैविक विविधताको संरक्षणको आवश्यक ।
सिमसार संरक्षण, नदिकिनार संरक्षण, क्षतिग्रस्त भुमिको पुनस्र्थापना, पानीको मुहान संरक्षणजस्ता कार्यहरूमार्फत बृहत् जलधार संरक्षणमा सहयोग पु-याउन आवश्यक छ । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढीले संरक्षित क्षेत्र र सामुदायिक वनमा भएको जैविक विविधताको भ्रमण गर्नेगरेको पाइन्छ ।
जैविक विविधतको लागि सिमसारले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सिमसार एक गतिशील विविधता युक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले अति मूल्यावान् प्राकृतिक प्रणालीको अंग मानिन्छ । विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई सिमसारले बासस्थान प्रदान गरेको छ । पानीको स्रोत संरक्षण गर्नु साथै बहाब र गुणस्तर कायम राख्न, पहिरो रोकथाम गर्न र माटोको पोषक तत्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्नुका साथै जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा प्रदान गर्दछ । हाम्रो देश नेपाल जैविक विविधताको भरिपूर्ण देश हो । यहाँ जल, जमिन, जंगल, वनस्पति, जीवजन्तु एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतको अपार भण्डार रहेको छ । हाम्रो देशमा करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगोटेको छ । हाम्रो देशको तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय जैविक विविधताको महत्व बोकेको सिमसार क्षेत्र रहेका छन् । सिमसार क्षेत्रको संरक्षणको महत्व जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण क्षेत्रको रूपमा रहेको पाइन्छ । यी क्षेत्रहरू पर्यटकीय दृष्टिकोणले पनि स्थानीय बासिन्दा तथा सम्पूर्ण राष्ट्रको लागि महत्वपूर्ण रहेको छ ।
सिमसार अत्यन्त उत्पादनशील पारिस्थितिकीय प्रणाली हो । यस प्रणालीमा अनगिन्ती संख्यामा जिवाणु, वनस्पति, किटपतंग, उभयचर, घस्रने प्राणी, चरा, माछा र स्तनधारी जीवहरू पाइन्छ । जलवायु, भौगोलिक स्वरूप, भू–गर्भ र जल परिचालनलगायतका भौतिक एवं रासायनिक प्रक्रियाले गर्दा सिमसारमा वनस्पति र जनावरको उच्चतम विविधता पाइन्छ । यसैबाट जटिलतम रूपमा खाद्य सञ्जाल सिर्जना हुन्छ । यिनै कारणले गर्दा सिमसारलाई जैविक विविधताको अपार भण्डार भन्ने गरिन्छ ।
पृथ्वीमा जीवनको विविधता अर्थात् जैविक विविधताको वितरण एकैनासको छैन । विश्वका केही स्थानमा जीवनको विविधता अकल्पनीय रूपमा प्रचुर छ । त्यस्ता ठाउँमा जैविक विविधतामाथिको मानवचाप पनि उच्च छ । क्षेत्रफलको हिसावले पृथ्वीको मात्र २ दशमलव ४ प्रतिशत जमिन ओगटेका ती स्थानहरूमा विश्वमा पाइने कुल प्रजातिमध्ये लगभग आधा वनस्पति, ४३ प्रतिशतभन्दा बढी प्रजातिका स्तनधारी जीव, चराचुरुंगी, सरीसृप र उभयचर वर्गका प्राणीहरू पाइन्छन् । ती क्षेत्रमा पाइने प्रजातिहरू अन्यत्र कतै नपाइने रैथाने (इन्डेमिक) हुन्छन् । हालसम्म विश्वभर हिमालय क्षेत्र लगायतका त्यस्ता ३६ स्थानको पहिचान गरिएको छ, जसलाई जैविक विविधताको केन्द्र भनिन्छ । हिमालय जैविक विविधता केन्द्रमा १० हजारभन्दा बढी प्रजातिका वनस्पति, तीन सय स्तनधारी जीव, नौ सय ७७ चराचुरुंगी, एक सय ७६ सरीसृप, दुई सय ६९ माछा र एक सय पाँच उभयचर वर्गका जीवहरू पाइएका छन् ।
नेपालले हिमालय जैविक विविधता केन्द्रको लगभग दुई तिहाइ भू–क्षेत्र ओगटेको छ । त्यसकारण नेपाल जैविक विविधताका लागि विश्वकै एउटा केन्द्र हो, जहाँ सानो भूगोलमा जीवनका अद्वितीय विविधताहरू पाइन्छन् । यद्यपि नेपालको जैविक विविधतालाई पञ्जीकरण गर्ने, तिनको प्राकृतिक जनसांख्यिकीको अध्ययन गर्ने र मानवदोहनले जैविक विविधतामा पारेको प्रभावको अवस्था बुझ्ने काममा नेपालमा ज्ञानको ठूलो खडेरी परेको छ । नेपालको जैविक विविधताको भरपर्दो अनुमानित र अद्यावधिक तथ्यांक एकै ठाउँमा भेट्न मुस्किल छ । यससम्बन्धी सरकारी प्रकाशनहरू नयाँ अध्ययनसँगै अद्यावधिक हुन सकेका छैनन् । उदाहरणका लागि, नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजना, २०१४–२०२० अनुसार नेपालमा १८ सय २२ प्रजातिका च्याउ, ११ हजार आठ सय ६१ प्रजातिका जीवजन्तु र १० हजार एकक सय ४९ प्रजातिका वनस्पति पाइन्छन्, जसमध्ये दुई सय ८४ प्रजातिका रैथाने (इन्डेमिक) वनस्पति पाइन्छन् । तर पछिल्लो अनुसन्धानले नेपालमा पाइने रैथाने प्रजातिका वनस्पतिको संख्या तीन सय १२ देखाएको छ । नेपालमा नयाँ प्रजातिहरू पत्ता लाग्ने क्रम र अन्यत्र पनि पाइने तर यहाँ त्यसको पहिचान हुने क्रम जारी रहेकाले यो संख्या अझै उच्च हुनसक्ने सम्भावना छ । नेपालमा मात्रै होइन, विश्वभर जैविक प्रजातिहरूको अन्वेषण, नामांकन र पञ्जीकरणको सानो अंश मात्रै पूरा भएको छ भन्नुमा अयुक्ति नहोला ।
नेपालमा जैविक विविधतालाई संरक्षण गरी वातावरण विकास गर्नु अति आवश्यक छ । यसको लागि निम्न कार्यहरू गर्नु आवश्यक हुन्छ । उपलब्ध प्राकृतिक स्रोत, तथा जैविक विविधताको पूर्ण सदुपयोग गर्नु अति आवश्यक छ । वन, जैविक विविधता तथा जलधार व्यवस्थापनको कार्यमा तिनै तहका सरकार, वन समूह र निजी क्षेत्रबीच प्रभावकारी समन्वय गरी सहकार्यको वातावरण निर्माण गर्नु, वन, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण, जलधार व्यवस्थापन कार्य तथा मुलुकको भौतिक एवं आर्थिक विकासबीच उत्पन्न हुने द्वन्द्व व्यवस्थापन गर्नु, आनुवंशिक स्रोतमाथि पहुँच र लाभ बाँडफाट गर्न आवश्यक कानुन निर्माण र प्रभावकारी कार्यान्वयन आदि गर्नु आवश्यक छ ।
निष्कर्षमा नेपालको प्राकृतिक स्रोतमध्ये वन, जैविक विविधता तथा जलाधार क्षेत्र प्रत्यक्ष रूपमा नेपालीको जिविकोपार्जनसँग जोडिएको महत्वपूर्ण विषय हुनाले भूपरिधिस्तर सुधारसहित दिगो व्यवस्थापनमार्फत आय र रोजगारी वृद्धि गरी मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने सम्भावन छ । संघीय संरचनाअनुसार तीनै तहका सरकार क्रियाशील रहेका हुँदा वन तथा जैविक विविधता संरक्षण र व्यवस्थापनमा स्रोत साधनको उपलब्धता सहज हुनका साथै अपनत्वमा समेत वृद्धि हुने अवस्था छ । महिला, दलित, आदिवासी तथा स्थानीय समूह सम्मिलित सामुदायिक वनलगायतका समुदायमा आधारित ३० हजार भन्दा बढी वन समुदायमार्फत वनको व्यवस्थापन, वनमा आधारित उद्योग र पर्या–पर्यटन प्रवर्द्धन, वातावरण व्यवस्थापन र जलवायु परिवर्तनको असर अनुकूलन तथा समयानुकूलन र वनको संरक्षण एवं विकासमार्फत कार्बन संरक्षण र सञ्चितिबाट अन्तर्राष्ट्रिय भुक्तानीमा पहुँच पु-याउन सकिने अवसर रहेको छ । जैविक विविधता र प्राकृतिक रमणीयसहितका संरक्षित क्षेत्र समुदायद्वारा व्यवस्थित वन, कवुतियत वन र कृषि वनमा पर्यटन विकास र विस्तार गर्दै वन्यजन्तु र वनस्पतिबाट नेपाललाई चिनाउन सकेमा देश आर्थिक समृद्धिमा अगाडि बढ्ने थियो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया