दोलखा । नेपाल एक कृषिप्रधान देश हो । कृषिप्रधान देश भएर होला सायद पछिल्ला वर्षहरुमा आम्दानीको सजिलो र भरपर्दो स्रोत कृषि बन्नपुगेको छ । देशका धेरै युवाहरूले कृषि व्यवसायतर्फ चासो देखाए पनि आन्तरिक स्रोत र सरकारी बजेट अभावले कृषिमा आत्मनिर्भर र उत्पादनमुखी बन्न नसकेको देखिन्छ ।
आम्दानीको सजिलो र भरपर्दो स्रोत कृषि बन्न पुगे पनि राज्यले कृषिमा चाहिनेजति बजेट र अनुदान पु¥याउन नसकेको देखिन्छ । देशका धेरै खाली जमिन विस्तारै भरिनथालेका छन् । केही वर्ष अघिसम्म गाउँका खेतीयोग्य जमिन बाँझै राखेर वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका युवाहरु कतिपय स्वदेश फर्केर त्यहाँ कमाएको पैसाले गाउँमा कृषि व्यवसाय गर्न थालेका धेरै उदाहरण छन् । तर स्वदेशमै बसेर कृषि गर्दैं आएका किसानले भने आर्थिक अभावका कारण बेरोजगार बनेर पुरानै प्रविधिको खेतीमा अल्मलिनुपरेको छ ।
नेपालका धेरै ठाउँमा सुरु गरिएका धेरै कृषि व्यवसायमा बजेट अभाव हुँदा सञ्चालनमा आएका कतिपय व्यवसाय र खेती बीचमै रोकिनपुगेका छन् । हिमाल र पहाडले घेरेका दोलखाका जग्गा फाँटमा आर्थिक स्रोत र सिँचाइको अभावका कारण पुरानै प्रविधिको खेती लगाउन किसान बाध्य छन् । राज्यले विभिन्न शीर्षकमा कुखुरालाई चारो छरेझैँ बजेट छरे पनि कृषिमा लगानी गरेर केही गर्छु भन्ने सोच बनाएका असली कृषक र युवाहरूसामु पुग्न सकिरहेको छैन । सरकारी अनुदानले छुन नसकेको व्यवसायीहरुको गुनासो उस्तै रहँदै आएको छ ।
पछिल्लो समय विश्वको बढ्दो जनसंख्या र जमिनको धान्नसक्ने क्षमता र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आकलन गरेर नै संयुक्त राष्ट्रसंघले पनि अरू धेरै खान हुने स्रोतहरूलाई अहिले अस्तित्वमा भइरहेकाबाहेक अरू थप पृथ्वीमा रहेका झारपात, बोटबिरूवा, बेमौसमी बाली र पशुपक्षीसमेतलाई खाद्य वस्तुमा जोड्न बाध्य बनेको देखिन्छ । यसले पनि कृषिको विश्वव्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्तरूपमा चालिनुपर्ने थप कदमलाई तथा किसान चुसाहा प्रवृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने गरी अघि बढ्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान वितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नुपर्ने पहिलो सर्वोपरी आवश्यकता रहेको कृषि विज्ञहरुको सुझाव छ ।
यसैलाई विगतदेखि नै वैज्ञानिक कृषिक्रान्ति र भूमिसुधार भनिँदै आएको पाइन्छ । यसका अतिरिक्त अर्कोतिर कृषिलाई दीगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्थाका साथ उन्नत र गुणस्तरीय मल, बीउ, निरन्तर दीगो सिँचाइ प्रविधिको उपाय, रोग किरा लाग्न नदिने र लागिहालेमा नियन्त्रण गर्ने जैविक प्रविधिको उन्नत उपाय अवलम्बन गरिनु अत्यावश्यक रहेको बताउँछन् कृषिलाई मुख्य पेसा बनाएका बैतेश्वर मिर्गेका पुष्कर बस्नेत । उनले ६५ रोपनी आफ्नो र भाडाको जग्गामा भैँसी, बाख्रापालन र तरकारी खेती लगाएका छन् ।
गाउँमा गरेको व्यवसाय र उत्पादन गरेका वस्तु बिक्री गर्न धेरै किसानलाई बजार अभाव भएको पाइन्छ । व्यवसाय सञ्चालन गरेको ठाउँमा स्थानीय बजार नहुँदा ग्रामीण भेगमा उत्पादन गरेका वस्तु बिक्री गर्नै समस्य हुने गरेको कृषकको दुःखेसो छ । बजार अभाव हुँदा मिर्गेका मनोस अधिकारी दुई घण्टाको बाटो हिँडेर स्थानीय मैनापोखरी बजारसम्म दूध बेच्न पुग्छन् ।
स्थानीय सरकार आएपछि सडक बाटो निर्माण भए पनि आफूसँग ओहोरदोहोर गर्ने साधन नहुँदा दूधको भारी बोकेर उकालो चढ्नुपर्ने बाध्यता रहेको उनले सुनाए । दोलखाका किसानको हकमा पनि जमिन, जल र ऊर्जा शक्ति प्राथमिकतामा पर्नुपर्ने हो । तर अरुको भरमा बाँच्न र किन्न पल्केको सरकारले खपतलाई भन्दा आयात कृषि सामग्रीलाई प्राथमिकता दिने गरेको छ ।
वन वातावरणलाई जोगाउन स्थानीय उत्पादन र जनशक्तिलाई पहिलो प्राथमिकता दिनुको साटो राज्यले बाहिर उत्पादनलाई किन्नतर्फ ध्यान केन्द्रित गर्ने गरेको र विद्युत्को उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि विद्युत् उत्पादन कृषिसँगै जोडिएको अर्को महत्वपूर्ण र आधारभूत राष्ट्रिय कदम चलाउन नसकेको कृषक जिल्लाका अर्का कृषक रामकुमार दाहाल बताउँछन् । देशलाई उत्पादनमुखी र कृषिलाई आयस्रोतको सजिलो माध्यम बनाउन सरकारले नसकेको उनको भनाइ छ ।
१० वर्षे सशस्त्र युद्धको समयमा सशक्त घाइते बनेका उनले पनि आयस्रोतको सजिलो माध्यम कृषि भएकाले पछिल्लो तीन वर्षदेखि आफ्नै लगानीमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन् । जनयुद्ध लाग्दा शरीरका विभिन्न अङ्गमा चोटपटक खेपेका दाहाल राज्यले कृषिमा लागेका कृषकको भावना र चाहनाअनुरुपको अनुदान र बजेट नदिएर आफ्नै कार्यकर्ता पोस्न पल्केको बताउँछन् ।
दाहाल भन्छन्, ‘हामी मौसमअनुकूल हुँदा धानबाली, कोदोफापर, मकै, गहुँ लगायतका परम्परागत बाली लगाउने गर्छौँ र समयसँगै खेतीलाई परिवर्तन र परिमार्जन गर्न नसक्दा विदेशी आयातमा भर पर्नुपर्ने बाध्यता छ । यदि स्वदेशमै राष्ट्रिय आम्दानी दिने बहुआयामिक बाली लगाउने हो भने नेपालमा आर्थिक संकट झेल्नु नपर्ने र अर्थतन्त्र उकास्न कृषिले सहयोग पुग्ने उनको बुझाइ छ ।
राज्यले भर्खरै कृषिमा लागेका कृषकको तथ्यांक संकलन गरिरहेको छ । त्यसपछि थाहा होला सायद देशभर कति कृषक व्यावसायिक कृषि लागेका छन् भन्ने तर देशमा संघीयता आएको पाँच वर्ष बितेको छ ।
कृषि र कृषकको नाममा अर्बौँ रकम खर्च हुँदै आएको छ । थाहा छैन सम्बन्धित निकायले सो रकम कसलाई वितरण गर्छ । त्यसैले आज किसान वर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिवर्तनको लागि पहिलेभन्दा जागरूक, संगठित र संघर्षशील हुनुको कुनै विकल्प छैन । वास्तवमा कृषि र किसान सामन्तवाद र साम्राज्यवादबाट मुक्त नभई सही अर्थमा कृषि र किसानको चौतर्फी समुन्नति हुनसक्ने वातावरण बन्न नसक्दा कृषि पेसा अगाडि बढ्न नसकेको अनुमान लगाउन सकिन्छ ।
कृषिमा सिँचाइको अभाव
असली किसान र कृषकसामु पुगेर बुझ्दा धेरै ग्रामीण बस्तीका जमिन फाँटमा खेती गर्न पानीको अभाव भएको पाइन्छ भने खेती गरिएका कतिपय कृषकले बालीनालीमा हाल्ने मल समयमा पाउन नसकेको देखिन्छ । दोलखाकै सदरमुकाम चरीकोटका नजिकका बस्ती र जमिनमा समेत सिँचाइ अभावले सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै देखिन्छ । खेती गर्ने मनसायमा रहेका कृषक भन्छन्, ‘जंगली जनावरको आतंक र सिँचाइ अभावले खेतबारी बाँझै छोड्नुपर्ने बाध्यता छ ।’ राज्यमा रहेका विभिन्न निकायले कृषिमा देखिएका समस्या सही अर्थमा समाधान गरेर लैजान नसक्दा कृषि व्यवसाय खस्किँदै गएको पाइन्छ । त्यसैले नै किसान वर्गका विभिन्न तह र तप्का नयाँ जनवादी क्रान्तिका मेरूदण्ड हुन् भन्ने महत्वपूर्ण विश्लेषण गर्न सकिन्छ । कृषि शक्ति र यो व्यवसायलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको महत्वपूर्ण आन्दोलनको संवाहक र पहरेदारको रूपमा लिएर अघि बढ्नुपर्दछ ।
वस्तुतः किसान र कृषिलाई बचाऔँ देश बचाऔँ, राष्ट्रियतालाई सुदृढीकरण गरौँ भन्नुको तात्पर्य पनि कृषिमा यही हो जस्तो लाग्छ । त्यस्तै कृषकले कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न विश्वव्यापीरूपमा नै गम्भीर ध्यानाकर्षण गरिरहेको सन्दर्भमा यी कुराहरूलाई जीवन्त र गहनरूपमा मनन गर्न राज्य लागि नपरे पनि सहर केन्द्रित बनेका मानिसले भने गाउँ छिरेर बाँझो जमिन खनेर खेती गर्न भ्याएका थिए । कोभिडबाट जोगिन गाउँ फर्केका सहरियाहरुले भोको पेट भर्नकै लागि भए पनि पुख्र्यौली पैतृक सम्पत्तिको सदुपयोग गरेर खाली जमिन हराभरा बनाएको देखिन्छ ।
कतिपयले दुःखमा काम लाग्ने र सजिलोसँग आम्दानी गर्न सक्ने स्रोत कृषि भएको भन्दै कोभिडको समयमा गाउँमै कृषि व्यवसाय सञ्चालन गरेर बसेको पाइन्छ । यदि सरकारले कृषिमा स्थानीय जनशक्तिलाई उत्पादनशील प्राविधिक शिक्षाको विकास गरेर गाउँमै कृषि जनशक्ति उत्पादन गर्न चासो दिए स्वदेशमै कृषि राम्रो आर्थिक आम्दानी दिनसक्नेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया