नर्भिकको एनिभर्सरी अफर : हेल्थ प्याकेजमा छुट
काठमाडौं । नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल हस्पिटल स्थापनाको २९औँ वर्षमा प्रवेश गरेको छ । अस्पतालले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफर समेत सार्वजनिक गरेको छ ।
नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्ने जनाएको छ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफर समेत सार्वजनिक गरेको हो । वार्षिकोत्सवको अवसर पारेरे क्यान्सरसँग सम्बन्धित तीनवटा हेल्थ प्याकेजहरु ल्याएको अस्पतालले जनाएको छ । नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क वैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी १४ हजार रुपैयाँ कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको अस्पतालले जनाएको छ । यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत आठवटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट ११ हजार रुपैयाँ रहेको छ ।
अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत वैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज पाँच हजार पाँच सय पाँच रुपैयाँमा उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत आठ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । यस्तै, नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी प्याकेज’ समेत घोषणा गरेको छ । यो प्याकेज विशेष खालको फुल बडी चेकअप प्याकेज हो । यो प्याकेजमा २० वटा विशेष खालका परीक्षण समावेश गरिएको छ । साबिकको शुल्कमा ३० प्रतिशत छुट गरी यो प्याकेज १८ हजा सात सय रुपैयाँमा खरिद गर्न सकिनेछ । यो प्याकेज आगामी आइतबार अर्थात् वैशाख ४ गतेदेखि लागू भई १० दिनसम्मका लागि रहनेछ ।
यसैगरी, नर्भिक अस्पतालले एनिभर्सरीकै अवसर पारेर अस्पतालबाट उपलब्ध हुँदै आएका अन्य हेल्थ प्याकेजहरुमा समेत छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत वैशाख ४ गते आइतबारदेखि अस्पतालमा परामर्श सेवा तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई एउटा विशेष कुपन उपलब्ध गराइने अस्पतालले जनाएको छ । सो कुपनले वैशाखभरि नै अस्पतालको जुनसुकै प्याकेज लिएर १० प्रतिशत छुटको सुविधा पाउन सकिनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया