नयाँ वर्षमा दोलखाका पर्यटकीय स्थल भरिभराउ
दोलखा । नयाँ वर्ष २०७९ को अवसरमा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरु आन्तरिक पर्यटकको आगमनले भरिभराउ भएका छन् । धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा मात्रै करिब १० हजार आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।
प्राकृतिरूपमा निकै सुन्दर मानिने कालिञ्चोक वैशाख १ गते बिहीबार पर्यटकले भरिएको थियो । गत वर्षहरुमा कोरोना भाइरसको कारण नयाँ सालको पहिलो दिन सुनसान बनेको कालिञ्चोक यसवर्ष सुरुकै दिन भरिभराउ भएको हो । कालिञ्चोक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं होटल व्यवसायी नवराज तामाङका अनुसार बिहीबार बिहानदेखि नै कुरिबजार र मन्दिर आन्तरिक पर्यटक र सवारीसाधनले भरिएको थियो ।
नयाँ वर्षको अवसरमा बाहिर जिल्लाका पर्यटक कमै आए पनि जिल्लाभित्रकै आन्तरिक पर्यटकले मन्दिर भरिएको हो । कालिञ्चोकमा यस वर्षको पहिलो दिन जिल्लाबाहिरबाट एक हजार पाँच सय मात्र पर्यटक भित्रिएको व्यवसायी तामाङले बताए । यस्तै बुधबार तीन हजार पाँच सय पर्यटकले कालिञ्चोक भ्रमण गरेका थिए । यस्तै पर्यटकले कुरीका होटलहरु पनि भरिभराउ भएका छन् । कुरी बजारका ५५ वटा ठूला होटलका रुम सबै प्याक भएको स्थानीय होटल व्यवसायी राम तामाङले जानकारी दिए ।
त्यस्तै जिल्लाको शैलुङमा पनि पर्यटको बाक्लो उपस्थिति रहेको थियो । कालिञ्चोकपछिको दोस्रो चहलपहल हुने शैलुङ डाँडामा सयौँ पर्यटक भित्रिएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । त्यसैगरी जिरीमा पनि करिब दुई हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले जिरी घुमेका छन् ।
लालीगुराँस र चिमालले ढक्कमक बनेको जिरीको गुराँस पार्क, स्टोन पार्क, पाँचडाँडामा पर्यटकको बाक्लो चहलपहल देखिएको जिरीका स्थानीय रबिन लुइँटेलले जानकारी दिए । त्यस्तै बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानामा अवस्थित हनुमन्ते डाँडा, देउराली डाँडामा पनि दर्जनौँ पर्यटक घुम्न पुगेका थिए । जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल भए पनि बजार क्षेत्र भने बिहानदेखि नै सुनसान देखिएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया