काठमाडौं, फागुन २
कुवेतमा छ जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतको एक कम्पनीमा कार्यरत छ जनाको बालुवाको ढिस्कोले पुरिएर गत माघ २९ मा मृत्यु भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । दुर्घटनामा आठ जना नेपाली परेका थिए । २ जना घाइते भएका छन् । मृतकमध्ये चार जनाको पहिचान खुलेको दूतावासले विज्ञप्तिमार्फत जनाएको हो ।
मृतकहरुमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको पहिचान खुले पनि बाँकी दुई जनाको पहिचान खुलेको छैन । उनीहरुको स्पष्ट विवरण आउने क्रममा रहेको दूतावासको भनाइ छ । घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल छन् । मण्डल सामान्य घाइते भएकाले उपचारपछि कम्पनीमा फर्किसकेका भए पनि शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । उनीहरु कुवेतको अल मुत्ला सिटी प्रोजेक्टमा युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया