भेटायो एप सञ्चालनमा
काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यावसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
भेटायोको सुरु खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ । एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकताअनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखीे ‘भेटायो सेवा’ को स्थापना गरेको कम्पनीको भनाइ छ ।
छोटो समयमै, भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा एक हजारभन्दा बढी प्रयोगकर्ताहरू र एक सयभन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको जनाएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित रहेको र अन्य सहरहरूमा विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । भेटायोले घरेलु समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न सेवाहरुद्वारा बजारमा परिवर्तन ल्याउने सोच बनाएको छ । कम्पनीका अनुसार मोबाइल एप सबै मोबाइल उपकरणहरूमा डाउनलोडको लागि उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया