रनको नयाँ मोडलका जुत्ता बजारमा
काठमाडौं । रन सुज इन्डष्ट्रिज प्रालिले नयाँ वर्षलक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्ट्समा १५ नयाँ मोडलका र पार्टी, क्याजुअल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो । स्पोर्ट्स शुजमा युवालगायत सबै उमेर समूह सम्मका डिजाइनहरु छन् ।
स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पु-याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए । रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरी बनाइएको, लचिलो सोलका साथै चार एमएमको लचकदार इनसोलको प्रयोग गरी निकै आरामदायी हुनुका साथै सर्वसुलभ मूल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले छ महिनाको वारेन्टी समेत पाउने गरेका छन् ।
रन शुजको उपत्यकाबाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ, नेपालगञ्ज, अत्तरिया, धनगढीलगायत स्थानहरुमा र उपत्यकाभित्र पाँचवटा आधिकारिक शोरुमसहित ७५ वटै जिल्लाहरुमा बिक्रीवितरण हुँदै आएको छ र चाँडै निर्यातको तयारीमा कम्पनी लागेको छ । उद्योगले हाल छ सयभन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्ट्स शुज, क्याजुअल शुज, लोफर, स्कुल/कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया