Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित


काठमाडौं । पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका छन् । नेपालको उद्योग तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उक्त पदकबाट विभूषित गरेकी हुन् ।

नेपाल सरकारको निर्णयअनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यावसायिक क्षेत्रबाट आमजनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पु-याएबापत कदर र सम्मानस्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको हो । राष्ट्रपति कार्यालयले वैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदकमध्येको एक हो । ५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यावसायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्यांकीलगायत निर्माण सामग्रीको उत्पादन तथा इन्स्योरेन्स, हाइड्रोपावर, बैंकिङ क्षेत्रमा समेत लगानी गर्दै आएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x